रुसले आउँदो वर्ष रक्षा खर्च ३० प्रतिशतले बढाउने

२०८१ असोज १५ मंगलबार

रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल अर्थात एक खर्ब ४५ अर्ब डलरको हुने हिजो प्रकाशित भएको बजेट योजनाको मस्यौदाले देखाएको छ ।

 

रक्षा र सुरक्षामा संयुक्त खर्चले आउँने वर्ष रुसको कूल सरकारी खर्चको झण्डै ४० प्रतिशत हिस्सा अर्थात चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । रुसको संसद्मा मस्यौदा बजेट उठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको थियो ।

 

युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको रुसले रक्षा खर्च बढाएकामा अर्थतन्त्रका अरु क्षेत्रहरु आवश्यकताअनुसार प्राथमिकतामा नपरेको चर्चा हुन थालेको छ । यस विषयमा अर्थविज्ञहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन् : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन ।   सञ्चारकर्मीसँग

श्रीलङ्कामा राष्ट्रपतीय चुनावको मतगणना चल्दै

श्रीलङ्काको राष्ट्रपतीय चुनावको प्रारम्भिक मतगणना अनुसार वामपन्थी नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार अनुरा कुमारा दिसानायकेले अग्रता

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि मतदान चल्दै

श्रीलङ्कामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । त्यहाँ सन् २०२२ मा भएको आन्दोलनपछि नयाँ राष्ट्रपति चुन्न आज मतदान भएको हो