फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

२०८१ असोज १९ शनिबार

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको फिल्मको ट्रेलरले दर्शकमा ‘फेस्टिभल मुड’ जगाउन सक्छ ।

‘छक्कापञ्जा ५’ अर्थात बेलुका ६ बजेर ५५ मिनेटको साइतमा ट्रेलर ल्याइएको हो ।

 

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको फिल्मले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।

 

ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ । फिल्ममा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने इमान्दार जागिरेको भूमिकामा देखाइएको छ । राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकार पनि ट्रेलरमा समावेश छन् ।

 

अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिजस्ता आयामलाई कथावस्तु बनाइएको थियो । यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ ।

 

यसअघि रिलिज भएका फिल्मका दुई गीत ‘विहे भाको छैन’ र ‘ब्रेकअप सङ्’ले निकै चर्चा बटुले । टिकटक, रिल्ससहितका सामाजिक संजालमा यी गीत अहिले पनि हिट छन् । ‘छक्कापञ्जा’को पहिलो श्रृंखला ८ वर्षअघि रिलिज भएको थियो । फिल्मका अघिल्ला ४ वटै श्रृंखलाले घरेलु बक्सअफिससहित नेपाली डायस्पोरामा उछाल कमाइ गरेका छन् ।

 

पाँचौ श्रृंखला नेपालसहित उत्तर अमेरिका, युरोप, पूर्वी एसिया र ओसियाना मुलुक अष्ट्रेलिया र न्युजिल्याण्डमा समेत एकसाथ रिलिज हुँदैछ । मध्यपूर्वमा भने नेपाल रिलिजको एकसातापछि मात्र लाग्नेछ ।

 

मध्यपूर्वको साउदी अरब, दक्षिण एसियाको टापु मुलुक माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा यो फिल्म पहिलोपटक प्रदर्शन हुँदैछ । फिल्मले नेपाल र विदेशमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । अमेरिकाको एड्भान्स बुकिङको ट्रेन्ड हेर्दा फिल्मले रेकर्ड ब्रेक गर्ने वितरकले जनाएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५०

बाढीले सेट बगाउँदा प्रदीप खड्का फिल्म ‘एक्लो’लाई आर्थिक नोक्सान

बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । कार्यकारी निर्माता विनोद सुवेदीका अनुसार बाढीले