हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी गरिने

२०८१ असोज ३ बिहीबार

फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको छ। हङकङको केनेडी टाउनस्थित ‘गोल्डेन सिन सिनेमा’मा शुक्रबार (अक्टोबर २०) विशेष प्रदर्शन हुने भएको हो ।

 

निर्माता अमोद राईका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार ‘गोल्डेन सिन सिनेमा’ले किनेको छ । यो कम्पनीले पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।

 

गोल्डेन सिन सिनेमा’ले आफ्नै हलमा फिल्म प्रदर्शन गर्न लागेको निर्माता राईले बताए । भन्छन्, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्म इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’

 

यस फिल्ममा हङकङकी हाइडी लीको संगीत छ । त्यस्तै, चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।

 

फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।

 

यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा प्रदर्शन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक