राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

२०८१ भदौ २६ बुधबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न लागेको राखेपले जनाएको छ । राखेपका संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम दिउँसो ३ बजे आर्मी अफिसर क्लब भद्रकालीमा हुनेछ ।

 

सिनियर र जुनियरमा समान १–१ महिला र पुरुष तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी , २ खेल पत्रकार, १ पालिका, १ प्रायोजक तथा १ राष्ट्रिय खेल सङ्घलाई पुरस्कृत गरिने छ । वर्षमा हासिल गरेको उपलब्धि, सक्रियता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।

 

राखेपले २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई आफ्नो वार्षिकोत्सवका रुपमा मनाउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु