न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

२०८१ भदौ २४ सोमबार

न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी बाँच्छ कसरी ? हामी सबैलाई थाहा छ कि सर्पको विषको अगाडि ठूला जनावरले पनि हार मान्छन्, मानिसको पनि मृत्यु हुन्छ ।

 

त्यसोभए न्याउरी सर्पबाट डसिएपछि पनि कसरी लड्छ र कसरी बाँच्छ भन्ने कुरा त कमैले सोच्नुभएको होला । खतरनाक सर्पसँग पनि न्याउरी लड्छ र धेरैलाई पराजय पनि गर्छ ।

 

 

यस्तोमा यो कुरा आउँछ कि यो जीव सर्पको विषबाट पनि कसरी बाँच्छ ? उसको शरीरमा त्यस्तो के हुन्छ, जसले गर्दा विषले पनि असर गर्दैन ?

 

न्याउरीलाई किन हुँदैन सर्पको विषको असर ?

 

बच्चा न्याउरीलाई सर्पले खान्छ तर, ठूला न्याउरीले भने सर्पलाई नै टोक्छन् । वास्तवमा न्याउरीको शरीरमा एसिटाइलकोलिन पाइन्छ । यो एक न्यूरोट्रान्समिटर हो, जुन तिनीहरूको मस्तिष्कमा हुन्छ । यसले रगतमा मिसिएको विषको न्यूरोटोक्सिक प्रभावलाई कम गर्छ । जसका कारण सर्पको विषबाट न्याउरी मर्दैनन् । तर, कहिलेकाहीँ सर्पले न्याउरीलाई मार्न पनि सक्छ ।

 

किन सर्प  न्याउरीको हुन्छ दुस्मनी ?

 

फरेस्ट वाइल्डलाइफ वेबसाइटको रिपोर्टका अनुसार न्याउरी र सर्पबीचको दुस्मनी प्राकृतिक रूपमै भएको हो । सर्पहरू न्याउरीका लागि खाना मात्र हुन् र तिनीहरूले खानाको लागि मात्र सर्पको सिकार गर्छन् ।

 

चाखलाग्दो कुरा के छ भने न्याउरीले प्रायः पहिला आक्रमण गर्दैन, सर्पको आक्रमणबाट आफू वा आफ्ना छोराछोरीलाई बचाउन मात्र आक्रमण गर्छ । न्याउरीलाई सबैभन्दा खतरनाक सर्प मार्ने अर्थात् सर्पको शत्रु मानिन्छ । यसले किंग कोब्रालाई पनि मार्न सक्छ ।

प्रतिकृया दिनुहोस

२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्।    तर सन् २०२३ मा रिलिज भएको फिल्म

प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेन टिकटक ?

६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार

नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि...

परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् ।    सन् २०२२ मा चौथो