प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेन टिकटक ?

२०८१ भदौ १७ सोमबार

६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध फुकाउने निर्णय भएको थियो । 

 

टिकटकमाथिको प्रतिबन्ध हटाउने औपचारिक निर्णय हुनुअघि नै केही इन्टरनेट सेवाप्रदायक (आईएसपी)को इन्टरनेटमा टिकटक चल्न थालिसकेको थियो । केहीमा भने निर्णय भएको एक साता बित्दा पनि टिकटक चलेको छैन ।

 

नेपाल टेलिकम, एनसेल, वर्ल्डलिङ्क, डिशहोम लगायतका कम्पनीले अझै आफ्नो नेटवर्कमा टिकटक खुलाएका छैनन् ।

 

अझै किन चलेन टिकटक ?

 

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध हटाउने निर्णय भएको सुनाए । त्यही क्रममा पत्रकारले टिकटक आजदेखि नै खुल्छ वा कहिले खुल्छ भनेर प्रश्न गर्दा जवाफमा सञ्चारमन्त्री गुरुङले भनेका थिए, “सहमति गर्नुपर्‍यो नि ।”

 

अर्थात् सरकारले तोकेका सर्तहरू पालना गर्ने प्रतिबद्धता टिकटकले औपचारिक रूपमा दिएपछि टिकटकमाथिको प्रतिबन्ध खुल्ने मन्त्री गुरुङको आशय थियो । 

 

मन्त्री गुरुङका अनुसार सबैभन्दा पहिले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० को दफा (३) अनुसार मन्त्रालयमा टिकटक सूचीकृत हुनुपर्छ । यसपछि टिकटकले उपदफा (६) बमोजिम 'पोइन्ट अफ कन्ट्याक्ट' (सम्पर्क विन्दु) तोक्नु पर्नेछ । 

 

यी बाहेक टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनु पर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन र प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने, नेपाली र नेपालमा बोलिने अन्य भाषा फिल्टर गर्नुपर्ने लगायतका सर्त राखिएको छ । 

 

सञ्चार मन्त्रालयकी सूचना अधिकारी ममता बास्तोलाले भनिन् , “टिकटक खुलाउने भन्ने निर्णय भयो, त्यसपछिको थप प्रक्रिया हुँदैछ ।” उनले अगाडि भनिन्, “उहाँहरू (टिकटक) ले दिएका निवेदनको अध्ययन भइरहेको छ । अब चाँडै नै दुवै पक्ष बसेर छलफल गर्ने कुरा छ ।” आवश्यक तयारी सकिएपछि औपचारिक रूपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक खुलाउन निर्देशन दिइने उनले बताइन् ।   

 

दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पनि मन्त्रालयबाट टिकटक खोल्न निर्देशन आउनासाथ सेवाप्रदायकलाई पत्राचार गरिने बताए ।

 

नेपाल टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले प्रतिबन्ध खुलाउने सबै प्राविधिक पक्ष तयारी पूरा भइसकेको सुनाए । “हामीले प्राविधिक रूपमा टिकटक खोल्ने सबै तयारी पूरा गरिसक्यौं,” उनले भने, “प्राधिकरणबाट पत्र पर्खिरहेका छौं । पत्र पाउनासाथ टिकटक खुल्छ ।” 

 

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका एक प्रतिनिधिले पनि प्राधिकरणबाट पत्र आएपछि आफ्नो नेटवर्कबाट टिकटक खुल्ने बताए । “जसरी टिकटक बन्द गर्नू भनेर निर्देशन आएको थियो, त्यसरी नै खुलाउनू भनेर निर्देशन आएको छैन,” उनले भने, “हामी त आतुर छौं । निर्देशन आउनासाथ टिकटक खोल्छौं ।

प्रतिकृया दिनुहोस

२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्।    तर सन् २०२३ मा रिलिज भएको फिल्म

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी

नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि...

परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् ।    सन् २०२२ मा चौथो