नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि...

२०८१ भदौ १ शनिबार

परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् । 

 

सन् २०२२ मा चौथो सन्तानको पिता बनेपछि रुसको उफा सहर निवासी ४५ वर्षीय म्याक्सिमले आफ्नो पत्नी पुनः गर्भवती नहोस् भनेर नसबन्दी गर्ने निर्णय लिएका थिए । यसका लागि उनी स्थानीय ‘प्रोमेडिटसिना’ क्लिनिकमा पुगेका थिए । 

 

त्यहाँ पुगेर सम्पूर्ण प्रक्रियाका लागि उनले ३० हजार रुबेल (करिब ३ सय ३० डलर) तिरेका थिए । अपरेसन सफल भएको भन्दै उनलाई केही घण्टामा डिस्चार्ज पनि गरियो ।

 

गत वर्षसम्म सबै कुरा ठिक थियो । तर, अचानक म्याक्सिमकी पत्नीले उनी पुनः गर्भवती भएको जानकारी दिइन् । सुरुमा परीक्षण गलत भएको होला भन्ने ठानेका उनी गत नोभेम्बरमा पाँचौँ सन्तानका पिता बने ।

त्यसपछि उनले के भएको हो भनेर बुझ्न नसबन्दी गरेको क्लिनिकमा सम्पर्क गरे ।  क्लिनिकले उनलाई वीर्य र पितृत्वको जाँच गर्न सुझाव दियो । दुवै परीक्षणमा उनी बच्चा पाउन योग्य रहेको खुल्यो । 

 

तर, क्लिनिकले आफ्नो गल्ती स्वीकार गर्नुको साटो यसलाई ‘मेडिकल चमत्कार’ भनेर टारिदियो । उल्टै उनलाई बच्चा भएकोमा खुसी हुनुपर्ने भनियो ।

 

यति मात्र होइन, क्लिनिकले उनलाई नसबन्दीको पैसा फिर्ता गरिदिने अफर गर्‍यो । तर, म्याक्सिम र उनको परिवारले यो अफर अस्वीकार गरेको छ । अब उनीहरूले पाँचौँ सन्तानको खर्च क्लिनिकले तिर्नुपर्ने मागसहित अदालतमा जाने तयारी गरेका छन् ।

 

गत वर्ष नसबन्दी गरेपछि पनि बच्चा जन्मिँदा कोलम्बियाका एक डाक्टरले उक्त बच्चा १८ वर्षको उमेर हुँदासम्म परिवारलाई आर्थिक रुपमा सहयोग गर्नुपर्ने अदालतले आदेश दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्।    तर सन् २०२३ मा रिलिज भएको फिल्म

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी

प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेन टिकटक ?

६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार