पलेशाको पुरस्कार रकममा सरकारले कर छुट दिने

२०८१ भदौ २१ शुक्रबार

सरकारले पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कार रकममा कर छुट दिने निर्णय गरेको छ ।

 

हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले पलेशालाई दिइने ६५ लाख रुपैयाँ पुरस्कारमा कर छुटको निर्णय गरेको हो । पलेशालाई ६५ लाख, उनका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

 

अस्ति बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशालाई सरकारले पुरस्कार राशिको कर कट्टा नगर्ने घोषणासमेत गर्नुभएको थियो ।

 

पेरिस पारा ओलम्पिक अन्तर्गत गएको भदौ १४ गते शुक्रवार सम्पन्न तेक्वान्दाेकाे के–४४ विधा अन्तर्गत महिला ५७ केजी तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

 

यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिश गरेको छ । राखेपले लामाकाे नाम युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिश गरेको हो । विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदरस्वरूप राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

प्रतिकृया दिनुहोस

नेपालले आज ओमानसँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु