नसिभ मृत्यु प्रकरण : सुरक्षाकर्मीद्वारा ९ सेल अश्रुग्यास प्रहार

२०८१ श्रावण १२ शनिबार

कैलालीको धनगढीस्थित नोभा अस्पतालमा शुक्रबार कञ्चनपुर बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युको घटनापछि उत्पन्न विवादका कारण अस्पतालमा ढुंगामुढा भएको छ ।

 

मृतकका आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा ढुंगामुढा प्रहार गरेर तोडफोड गरेका हुन् । अवस्थालाई नियन्त्रण लिन सुरक्षाकर्मीले कम्तीमा ९ सेल अश्रुग्यास प्रहार गरेका छन् । ६ सेल नेपाल प्रहरी र ३ सेल सशस्त्र प्रहरीले प्रहार गरेको हो । मृतकका आफन्तहरूका अनुसार अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप छ ।

 

अस्पतालको लापरबाहीकै कारण मृत्यु भएको दाबी गरिरहेका उनीहरूले मृतकको शव उठाउन मानेका छैनन् । उपचारमा संलग्न चिकित्सकलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने आफन्तको माग छ । नसिभ साउन ७ गते उपचारका लागि नोभा अस्पताल आएका थिए । अस्पतालले उनलाई जण्डिस भएको जानकारी गराउँदै भर्ना गरेको थियो । त्यसक्रममा शुक्रबार उनको मृत्यु भएको हो ।

 

मृतकका मामा रामकृष्ण चौधरीका अनुसार अस्पतालले सुरुमा अर्को अस्पतालमा लैजान्छौं भन्दा लान नदिएको र अन्तिम समयमा मुटुको डाक्टर नभएको बताएर नेपालगन्ज लैजान भनेको थियो । तर पैसा नतिर्दासम्म बिरामीलाई निकाल्न नदिएको र समयमै राम्रो अस्पतालमा पुगाउन पाएको भए भान्जाको मृत्यु नहुने चौधरीको भनाइ छ । शनिबार बिहान छलफल चलिरहेका बेला एक्कासि अस्पतालमा ढुंगामुढा भएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अहिले वार्ताको प्रयास भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी