एसिया कप खेलेर स्वदेश फर्किदै महिला क्रिकेट टिम

२०८१ श्रावण १० बिहीबार

एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज स्वदेश फर्किदै छ । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।

 

समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपाल भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेर नयाँ अनुभव बटुल्दै स्वदेश फर्किन लागेको हो ।

 

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ ।

 

इन्दु बर्माको नेतृत्वमा एसिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले समूह चरणको पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकालेको थियो । दोस्रो र तेस्रो खेलमा भने नेपाल जितबिहीन भएको छ । दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा भारतसँग ८२ रनले स्तब्ध भएको थियो ।

 

एसिया कपमा समूह ‘ए’बाट भारत र पाकिस्तान र समूह ‘बी’बाट श्रीलंका र बंगलादेश सेमिफाइल प्रवेश गरेका छन् । नेपालसहित यूएई, थाइल्याण्ड र मलेसिया समूह चरणबाट घर फर्किएका हुन् ।

प्रतिकृया दिनुहोस

प्रिमियर लिग : आज आठवटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज आठवटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ५ बजे म्यानचेस्टर यूनाइटेड र साउथह्याम्पटन तथा पौने ८ बजे लिभरपुल र

नेपालले पहिलो पटक 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने

नेपालले हङकङमा हुने 'द हङकङ सिक्सेस' क्रिकेट खेल्ने भएको छ । पहिलोपल्ट नेपालले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।   सन् १९९२ देखि शुरु

राखेपले ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्दै

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज ५ खेलाडीसहित १८ जनालाई सम्मान गर्ने भएको छ । आफ्नो ६१ औँ वार्षिकोत्सवको सन्दर्भमा खेलाडीहरुलाई सम्मान गर्न