ताजा वा बासी कुन रोटी बढी फाइदाजनक हुन्छ ?

२०८१ श्रावण ९ बुधबार

जति नै प्रयास गरे पनि कहिलेकाहीँ खाजा वा खानाको लागि भनेर बनाएको रोटी बाँकी बस्छ । केहीले यसरी उब्रिएको रोटी बेलुका वा बिहान खान्छन् । अनि केहीले फ्याँक्छन् वा कुकुर/गाईलाई खान दिन्छन् । 

 

बासी रोटीले हाम्रो स्वास्थ्यमा कुनै हानि गर्दैन । बरु, यसले स्वास्थ्यका लागि आवश्यक सबै पोषणहरू प्रदान गर्दछ जुन ताजा रोटीमा पनि पाइन्न ।  

 

कति दिनको रोटी खान सकिन्छ ?

 

बासी रोटी ताजाभन्दा फ्रेश र स्वस्थ हुन्छ । साँच्चै भन्ने हो भने पकाएको १०÷१२ घण्टा भएको रोटीमा आरएस अर्थात् रेजिस्टेन्स स्टार्च बढ्छ । आरएस हाम्रो शरीरको लागि निकै लाभदायक छ ।

 

के हुन्छ  बासी रोटी खाँदा ?

 

– मधुमेह भएका व्यक्तिहरूले विशेषगरी बासी रोटी खानुपर्छ । मधुमेह पीडितहरूलाई रेजिस्टेन्स स्टार्च निकै जरुरी हुन्छ । यसको सेवनले इन्सुलिन बढ्दैन ।

 

–शरीरका लागि गट ब्याक्टेरिया निकै महत्त्वपूर्ण हुन्छ । गट ब्याक्टेरियाले पेटमा भएको खानालाई स–साना टुक्रामा टुक्र्याउँछ । यसका कारण खाना सजिलै पचाउन सकिन्छ । खाना पचाउन समस्या हुने वा पेट खराब हुनेहरूले बासी रोटी खानुपर्छ । बासी रोटीमा पाइने रेजिस्टेन्स स्टार्च गट ब्याक्टेरियाका लागि राम्रो हुन्छ ।

 

– ज–जसलाई पेटसम्बन्धी समस्या छ, उनीहरूले पनि बासी रोटी खानुपर्छ । बासी रोटी सजिलै पच्छ । बासी रोटी खाँदा ग्यास, कब्जियत र वाकवाकीको समस्या पनि हुँदैन । पाचन प्रणालीमा पनि सुधार हुन्छ ।

प्रतिकृया दिनुहोस

सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार

देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ ।   स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै

के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा