उद्धार गरिएका पाइलट शाक्यको निधार र आखाँमा चोट, अवस्था खतरामुक्त

२०८१ श्रावण ९ बुधबार

त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

 

दुर्घटनास्थलबाट १८ वटा शवहरू झिकेर पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

उनी अहिले बोल्न सक्ने अवस्थामा छन् । उनको निधार र आँखामा गहिरो चोट लागेको छ । काठमाडौं मेडिकल कलेजले शाक्यको अवस्था अहिले खतरामुक्त रहेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउनेको नाम सार्वजनिक गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा