बेलडाँडीमा छोरा भन्दा आमा एक बर्षले मात्रै जेठी, स्थानीयद्वारा छानबिनको माग

२०८१ श्रावण ८ मंगलबार

बेलडाँडी, कञ्चनपुर -


कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३कमरीका एक आमाछोराको उमेर १ बर्ष मात्रै फरक भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको नागरिकता अनुरुप उनीहरुको उमेर १ बर्ष मात्रै फरक भएको पाईएको छ । 


प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रशासकीय अधिकृत हरि नारायण श्रेष्ठद्वारा हस्ताक्षरित गरिएको नागरिकतामा ११ माघ ०३८ सालमा कैलासी रानाको नागरिकता बनेको रहेछ । उक्त कैलासी रानाको उमेर नागरिकता जारीका बखत ३० बर्षको देखिएको छ । हाल कैलासीको उमेर ७३ बर्ष देखिएको छ । भने, उनका छोरा करम दास रानाको हालको उमेर ७२ देखिएको छ । करम सिह रानाले २३ चैत्र ०४६ सालमा नागरिता बनाएका थिए । उतिबेला उनले ३ भदौँ २००९ जन्ममिति कायम भएको देखिएको छ । यसरी आमा भन्दा छोराको उमेर १ बर्ष मात्रै कम भएकाले छलेर नागरिकतामा उमेर बढाएको भन्दै गाँउघरमा टिकाटिप्पणी भईरहेको छ ।

 

आमा भन्दा १ बर्ष मात्रै कम उमेर किन भएको भन्दै स्थानीयले छानबिनको माग अघि सारेका छन् । ‘आमाले स्वभाविक रुपमा समाजिक सुरक्षा भत्ता खाने भईहालिन, ‘एक स्थानीयले भने, ‘तर छोराले उमेर बृद्धि गरेर अहिले समाजिक सुरक्षा भत्ता खाईरहेका छन् ।’ स्थानीयले यसरी उमेर बृद्धि गरेर राज्यले जेष्ठ नागरिकका लागि दिने सेवा सुविधा दुरुपयोग गरिरहेको भन्दै छानबिनको माग अघि सारेका छन ।

 

अनि आमा भन्दा छोरा एक बर्ष मात्रै कसरी कान्छो भएको भन्दै ब्यापक टिकाटिप्पणी भईरहेको छ । यस विषयमा समेत बेलडाँडी गाँउपालिका ३ वडा कार्यालयमा समेत बिरोध एव छानबिनको माग अघि सारिएको छ । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले आमा भन्दा छोरा एक बर्ष मात्रै कान्छो भएकाले कसरी समाजिक सुरक्षा भत्ता खाईरहेको भन्दै वडामा डेलिगेशन आएको बताए । 


‘यस विषयमा वडामा पनि उनकै गाँउका केही व्यक्तिहरुले कुरा उठान गरेका छन्, हाम्रो वडामा पनि यस विषयमा डेलिगेशन आयो, उनको मैले नागरिकता सिफारिस गरेको पनि होईन, त्यो त ०४६ सालतिरै बनाएका रहेछन, कानुनी रुपमा करमदास रानाले पनि समाजिक सुरक्षा भत्ता पाउनु स्वभाविक हो, तर गाँउमा उमेरै नपुगेका व्यत्तिले समाजिक सुरक्षा भत्ता खाएको भन्दै बिरोध आईरहेको छ ।’ नागरिकता बनाउने विषयमा विगतमा के कसो भयो, यस विषयमा मैले जानकारी राख्ने कुरा नभएको अध्यक्ष चौधरीले बताए ।

 

करम सिह रानाले आफुले उमेर पुगेपछि ईमान्दारितापुर्वक प्रशासनमा गएर नागरिकता बनाएको र आमाको पनि कानुन अनुरुप बनाएको दावि गरेका छन् । ‘मैले र आमाले फरक फरम मितिमा नागरिकता बनाएको छु, ‘उनले भने, ‘अब प्रशासनले बनाउने नागरिकतामा हामी नपढेलेखेका मान्छेको के गल्ती छ, प्रशासनबाट जे जस्तो नागरिकता बनाईदियो, त्यही ल्याएर आएका छौँ, मेरो र आमाको उमेरको बिरोध गर्नेहरु किन गरिरहेका छन, मलाई थाहा छैन ।’ 

 

प्रतिकृया दिनुहोस

बेलाैरी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -    कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ

सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

बझाङ -   बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार

कञ्चनपुर : अनलाइनबाट नागरिकता सिफारिसकाे तयारी

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाइनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब