सुत्केरी आमाले स्तनपान गराउनुअघि यस्ता कुरामा ध्यान दिनुहोस् !

२०८१ श्रावण ५ शनिबार

सुत्केरी महिलाहरूले धेरै कुरामा ध्यान दिनुपर्छ । विशेष गरी बच्चाको स्याहारसुसार र आफ्नो आहारामा पनि जोड दिनुपर्छ । धेरैजसो महिलाले स्तनपान गराउनुअघि र पछि बच्चाको सरसफाइमा ध्यान दिँदै उसको मुख सफा गरिदिन्छन् ।

 

तर महिलाहरूले आफ्नो स्तन पनि बच्चालाई दूध खुवाउनुअघि र पछि सफा गर्नुपर्छ भन्नेमा खास्सै ध्यान गएको पाइँदैन । स्तनपान गराउँदा महिलाले आफ्नो बच्चा र आफ्नो सरसफाइमा ध्यान दिनु आवश्यक छ ।

 

स्तनपान गर्नुअघि वा पछि बच्चाको सरसफाइको ख्याल राख्दै महिलाले आफ्नो स्तनलाई साबुन पानी र स्यानिटाइजरले सफा गर्छन्, जुन स्तन र बच्चाको लागि हानिकारक हुनसक्छ । यसले लाभकारी प्राकृतिक तेल र स्राव हटाउन सक्छ, जसले स्तनमा सुक्खापन, जलन र सङ्क्रमणको जोखिम बढाउन सक्छ ।

 

यसकारण आफ्नो हात धोएर थोरै पानीले स्तनमा लगाएर सफा कपडाले सुक्खा बनाउन सकिन्छ । स्तनको सरसफाइ कायम राख्न नियमित रूपमा नुहाउनुपर्छ । नुहाउँदा सफा पानीले स्तनमा भिजाउन सकिन्छ । र, यो समयमा निप्पललाई रगड्न हुँदैन । स्तनमा हावा प्रवाह हुन दिन आरामदायक ब्रा र लुगा लगाउनुपर्छ ।

 

शिशुले जति दूध चुस्छ, त्यति नै बढी प्रोलाक्टिन हर्मोन निष्कासन भई दूध बन्दछ । दूध खुवाइसकेपछि शिशुलाई काँधमा अडेस लगाएर पिठ्युँमा मुसारी डकार्न लगाउनुपर्छ । यसले गर्दा शिशुले स्तनपान गर्ने बित्तिकै बान्ता गर्दैन ।

 

साथै शिशु बिरामी छ भने पनि बारम्बार दूध खुवाउनुपर्छ । शिशुले आमाको दूध पनि खाने प्रयास नगरेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्छ । स्तनपान गराउँदा आमाले शिशुतिर हेर्ने, मुस्कुराउने, बोल्ने र गीत गुनगुनाउने गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

सातै प्रदेशमा क्यान्सर उपचार सेवा बिस्तार

देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा बिस्तार भएको छ ।   स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेल गत असार ३१ गते मन्त्री भएपछि सबै

के हो डेंगु ? यस्ता छन् बच्ने उपाय !

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्दछ । सरुवा रोग

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा