बेलाैरीमा नगरस्तरीय प्रधानाध्यापक संघ नेपाल गठन, अध्यक्षमा भण्डारी

२०८१ असार १६ आइतबार

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर

 

कञ्चनपुरको बेलाैरी नगरपालिकामा नगर स्तरीय प्रधानाध्यापक संघ नेपाल (PAN) गठन गरिएको छ । 

आइतबार बेलाैरी नगरका ३१ वटा सामुदायिक विद्यालय प्रधानाध्यापकहरुकाे उपस्थितिमा उक्त समिति गठन गरिएको हाे ।


भेलाले महाकाली माविका प्रअ रमेश सिंह भण्डारीकाे अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । १७ सदस्यीय रहने समितिमा बाँकी दुई सदस्य मनाेनित गरिने समितिले जनाएको छ ।

 

भने, बेलाैरी नगरस्तरीय प्रधानाध्यापक संघ नेपालकाे उपाध्यक्षमा कल्याण मावि पाैलाहका प्र.अ राम सिंह विष्ट, सचिवमा जनजागृति पुष्पलाल स्मृतिका प्रअ विर्षलाल वि.कलाई चयन गरिएको हाे । 

 

यस्तै, काेषाध्यक्षमा शान्ति मा.वि शान्तिपुरका प्रअ प्रेमबहादुर थापा र सहसचिव गणेश माविका राधा काफ्ले रहेका छन् । 

 

सदस्यहरुमा क्रमशः कृष्णप्रसाद तिवारी शारदा मावि, मना कुँवर खड्का सरस्वती मावि, दान बहादुर रावल दुर्गा आधारभूत विद्यालय, कुम्भराज जाेशी शान्ति आधारभूत, चेतराज जाेशी गाैरी शंकर आधारभूत, गाेविन्द प्रसाद चाैधरी जनसेवा आधारभूत, शिवलाल चाैधरी जननमुना मावि, रामदास राना कृष्ण आधारभूत, हरि राना कृष्णप्रसाद आधारभूत र तुलाधर साउँद कालेश्वर आधारभूत विद्यालयका प्रअ हुन् ।


समितिले सामुदायिक विद्यालयकाे समस्या, प्रअ एवम् शिक्षकहरुकाे हकहित र कल्याणका लागि संघर्ष गर्ने नगर स्तरीय प्रधानाध्यापक संघ नेपालका अध्यक्ष भण्डारीले बताए । 


रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा अध्यक्ष भण्डारीले भने - "याे पूर्ण रुपमा गैरराजनीतिक संगठन हाे, यसले शिक्षककाे पेशागत सुरक्षा र शैक्षिक गुणस्तर सुधार लगायत विद्यालयकाे साझा सवालमा समेत आवाज उठाउने छ ।, 


प्रधानाध्यापक संघ नेपाल PAN कञ्चनपुरका अध्यक्ष भवानी प्रसाद पन्तको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा महाकाली माविका पूर्व प्रअ प्रेमसिंह बाेहरा, PAN जिल्ला उपाध्यक्ष हिक्मत सिंह ऐरी, सदस्यत्रय धनीदत्त पन्त, प्रकाश चन्द र डा. पदमा भण्डारी साउँद लगायतका स्थानीय शिक्षक बुद्धिजीवी एवम् समाजसेवीहरुकाे सहभागीता रहेको थियो । 

 

प्रतिकृया दिनुहोस

मकैबालीमा फौजी किराको प्रकोप

बैतडी-   बैतडीका विभिन्न स्थानका किसानले गरेको मकै खेतीमा अमेरिकन फौजी किराले आक्रमण गरेको छ ।   जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम,

बाढीले धेरै बस्ती डुबानमा

कैलाली-   कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।   घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ ।

अविरल बर्षाका कारण जनजीवन प्रभावित

बेलौरी,कञ्चनपुर-   अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।   विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण