विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग 

२०८१ असार १४ शुक्रबार

कञ्चनपुर-


एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन । 


भीमदत्त नगरपालिका २ उल्टाखामका  स्थानीय समेत रहेका विद्यार्थी नेता एव अधिवक्ता भट्टले १३ असारमा आफ्नो जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई नगद ५ हजार १सय रुपैया आर्थिक सहयोग गरेका छन । 


नेता भट्टले आफ्नो गृह जिल्लामा रहेका समसायिक विषय उठानदेखिका काममा खटिने पत्रकार पन्तलाई बिरामीका बेला सहयोगी भावनाले सहयोग गरेका हुन । जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजका लागि खटिने पत्रकार जगत संकटमा परेका बेला केही औषधी खरिदमा सहजताका लागि सहयोग गरेको नेता भट्टले बताए ।

 

‘मैले आफ्नो जन्मदिनको अवसरमा समाजका लागि खहोरात्र खटिने पत्रकार पन्तलाई सानै भएपनि संकटका बेला सक्दो सहयोग गरेको बताए । समाजका लागि खटिने पत्रकार पन्त लामो समयदेखि बिरामी भएपछि भीमदत्त नगरपालिका १२ ऐरी घरमै बस्दै आएका छन । 


बिहीबार एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार पन्तलाई क्रान्तिकारी नेता भट्टले सहयोग गरेको रकम घरमै गएर हस्तान्तरण गरेका छन । सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका सचिव अवस्थी सहितका पत्रकार अम्बादत्त तिवारी, मोहन विष्ट, भाष्कर केसी, केशव भट्ट, गोकुल जोशी, जनक बहादुर चन्द, प्रकास भट्ट सहित सहभागि थिए ।

 

पत्रकार डिल्लीराज पन्तले आफु लामो समयदेखि बिरामी भएका बेला स्वास्थ्यका लागि ख्याल गर्दै सद्भाव देखाउने क्रान्तिकारी नेता किशोर भट्टप्रति आभार प्रकट गरेका छन । क्रान्तिकारी नेता भट्टले हरेक बर्ष जन्मदिनको अवसरमा अनाथ, बेसाहरा, विपन्न दलित , जेहेन्दार विद्यार्थीदेखि बिरामी, जेष्ठ नागरिक सहित संकटमा परेका मानिसलाई सहयोग गर्दै आएका छन । 

प्रतिकृया दिनुहोस

मकैबालीमा फौजी किराको प्रकोप

बैतडी-   बैतडीका विभिन्न स्थानका किसानले गरेको मकै खेतीमा अमेरिकन फौजी किराले आक्रमण गरेको छ ।   जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम,

बाढीले धेरै बस्ती डुबानमा

कैलाली-   कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।   घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ ।

अविरल बर्षाका कारण जनजीवन प्रभावित

बेलौरी,कञ्चनपुर-   अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।   विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण