बेलडाँडीको बजेट ५३ करोड १६ लाख

२०८१ असार ११ मंगलबार

बेलडाँडी,कञ्चनपुर-

 

बेलडाँडी गाउँपालिकाको १५ औँ गाउँसभाबाट आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

 

गाउँसभामा अध्यक्ष हरिशचन्द्र रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्तिनाथले बजेट पेश गरेकी छन् । गाउँसभामा ५३ करोड १६ लाख, ७२ हजारको बजेट पेश गरिएको छ ।

 

May be an image of 11 people, temple, hospital and text

 

गाउँपालिकाको १५औं गाउँ सभाले सो आवको बजेटमा चालुतर्फ रु ३६ करोड १ लाख ९२ हजार र पूँजीगततर्फ रु १७ करोड १४ लाख ८० हजार गरेर ५३ करोड १६ लाख ७२ हजार बजेट वक्तब्य भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले जानकारी गराए।

 

गाउँसभाको नीति तथा कार्यक्रममा पालिका प्रहरी, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र खेलमैदानलाई प्रमुख प्राथामिकता दिइएको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले जनाए ।

 

May be an image of 4 people and people studying

 

उनका अनुसार आउदो नयाँ आर्थिक बर्षमा पालिका भरीको सुरक्षा व्यवस्थालाई कडा राख्न ५ जना पालिका प्रहरी राख्ने र तिनको लागि बजेट विनियोजन गरिसेको, ४ वटा वडा कार्यालयका भवन सम्पन्न गरि नयाँ भवनबाट नागरिकलाई सेवा दिने गरि कार्य अघि बढाएको बताए ।

 

गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य कृषि र शिक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।

 

May be an image of 6 people and people studying

प्रतिकृया दिनुहोस

अविरल बर्षाका कारण जनजीवन प्रभावित

बेलौरी,कञ्चनपुर-   अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।   विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण

सुदूरपश्चिममा नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच छलफल

सुदूरपश्चिम प्रदेश सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने सहमति गरेका छन् ।   केन्द्रमा सत्ता

पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।   लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ