महाकाली नदीमा डुबेर एककाे मृ*त्युु ,एक बेपत्ता
![](https://radiosudursanchar.com.np/uploads/news/images/1540470173dubera.jpeg)
विनाेद सिंह विष्ट / बैतडी-
महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेकी छन् ।
मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड रहेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
शिवनाथ गाउँपालिका १ कुस्मतघाट स्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीको मृत उद्धार गरेको थियो ।
रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन् । बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको छ।
अस्मिताको खोजीका लागि स्थानीय बासिन्दासंगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/922464689sssssssssss.jpeg)
एसइई रिजल्ट : सरस्वती मा.वि बैवाह बेलडाँडी पालिकामै उत्कृष्ट
रेडियो सुदूर सञ्चार/ बेलाैरी, कञ्चनपुर- शैक्षिक सत्र ०८० मा सञ्चालन भएको माध्यामिक शिक्षा परीक्षा (इसइई) मा बेलडाँडी गाँउपालिकाको एक
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1039736695Untitled-12024-06-28-03-59-08..jpeg)
आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै
कञ्चनपुर- आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1323409639kanchanpur.jpeg)
भन्सार छलीका सामान बरामद
कञ्चनपुर- कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। पुनर्वास नगरपालिका–९ चकमेली बजार र गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि
प्रतिकृया दिनुहोस