पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८१ असार ३ आइतबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

 

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । 

 

मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

 

त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी देशभर तैनाथ

यस वर्षको मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरीको टोली स्रोत साधनसहित देशभर तयारी अवस्थामा छन् । सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयमा

राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमै सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृहकाे निर्देशन

गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई निर्देशन दिएको छ ।   सामाजिक सुरक्षा

आइतबारसम्म देशभर मनसुन फैलिने

आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।   महाशाखाकी