सुदूरपश्चिम प्रदेशको बजेट ३१ अर्ब ६२ करोड

२०८१ असार ३ आइतबार

सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि साढे ३१ अर्ब रुपैयाँभन्दा धेरैको बजेट ल्याएको छ ।

 

आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले  प्रदेशसभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

 

चालूतर्फ ११ अर्ब ६० करोड १९ लाख ६३ र पूँजीगततर्फ १७ अर्ब ५३ करोड आठ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन भएको छ ।

 

स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम नौ अर्ब ९९ करोड, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड रुपैयाँ, चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम छ अर्ब १५ करोड ८३ लाख र सशर्त अनुदानबाट प्राप्त हुने तीन अर्ब १३ करोड ३४ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग 

कञ्चनपुर- एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य

खैरो हेरोईनसहित युवक पक्राउ

कञ्चनपुर-   कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।   भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४

चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु

कञ्चनपुर-   कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।   जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश