पशुपालक कृषकले अनिवार्य बीमा गराैं :  पशुविकास अधिकृत भट्ट

२०८१ जेठ २४ बिहीबार

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर

 

बेलाैरी नगरपालिका पशु विकास अधिकृत कुलाेमणी भट्टले पशुपालक कृषकलाई अनिवार्य पशु बीमा गर्न अनुरोध गरेका छन् ।

 

Open photo

Open photo

 

बिहीबार बेलाैरी नगरपालिका वडा नम्बर ८ काे  सभाहलमा सञ्चालित पशु सेवा सम्बन्धि सराेकारवालाहरु बिच खुल्ला अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइमा अधिकृत भट्टले किसानलाई पशुपन्छी बीमा गर्न अनुरोध गरेका हुन् ।

 

Open photoOpen photo

Open photo

 

बेलाैरी पशुसेवा शाखा अधिकृत भट्टले बीमा गर्दा संघीय सरकारबाट ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकारबाट २० प्रतिशत पशुपन्छी बीमा प्राप्त हुने भएकाले पशुपालक कृषकलाई अनिवार्य पशु बीमा गर्न सुझाव दिए ।, 

 

Open photo

Open photo

 

अधिकृत भट्टलेे भने - "पशु बीमा गर्दा खासै पैसा लाग्दैन, अर्कोतर्फ कृषकलाई २ लाख सम्मकाे दुर्घटना बीमा समेत प्राप्त हुन्छ ।,  यस्तै मानव र घरपालुवा जनावर बीच अन्याेन्याश्रित सम्बन्ध रहने भएकाले पशु स्वास्थ्य उपचारमा ध्यानदिन अनुराेध गरेका छन् ।,

 

Open photo

 

Open photo

 

रेडियो सुदूर सञ्चारद्वारा आयाेजित उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका भट्टले सहभागीका विविध प्रश्न एवम् जिज्ञासा मेटाउने प्रयास समेत गरेका थिए ।,

 

Open photo

Open photo

 

यस्तै, बेलाैरी नगरपालिका वडा ८ का अध्यक्ष विश्राम रानाले अब घरपालुवा जनावरकाे  उपचारका लागि वडामै पशु सेवा उपशाखा सञ्चालनमा रहेको बताउँदै अब टाढा जानु नपर्ने बताए ।

 

Open photoOpen photo

Open photo

 

उनले पशु सेवाद्वारा उपलब्ध हुने विभिन्न औषधी उपचार सेवा लिन वडाबासी सम्पूर्णमा अनुरोध गरेका छन् । भने अन्य स्थानीय सरकारी सेवामा कुनै समस्या परे जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । ,

 

Open photo

 

पशु सेवा र कृषक समस्या सम्बन्धि गुनासो सुन्ने रेडियो कार्यक्रम नागरिक सुनुवाइमा अध्यक्ष रानाले पहिलोपटक निकै फरक एवम् प्रभावकारी कार्यक्रम आयाेजना गर्नुभएकाेमा सुदूर सञ्चार टीमलाई धन्यवाद दिन चाहन्छु उनले भने ।,

 

Open photo

Open photo

 

सराेकारवाला निकायलाई सिधा प्रश्न राख्दै स्थानीय समाजसेवी राजेन्द्र चन्द ठकुरीले पशु उपचार सेवा थप प्रभावकारी बनाउन अपिल गरे।, घरपालुवा जनावरमा बेलाबेला विभिन्न भाइरल डिजीज देखा परिरहेकाले राेग लाग्नु भन्दा पहिले नै एन्टीभ्याक्सिन सुइ लगाउनु पर्ने कुरामा जाेड दिए ।, 

 

Open photo

Open photo

 

यस्तै अर्का स्थानीय व्यवसायी रवीन्द्र ठगुन्नाले नस्ल सुधार खाेर सुधार जस्ता विभिन्न अनुदान नजिकका मान्छेलाई मात्रै जाने र सर्वसाधारण किसानले दु:ख मात्रै पाउने गुनासो पाेख्दै यस्तो नगर्न सराेकारवाला समक्ष आग्रह गरे।, भने जवाफमा पशुसेवा शाखा बेलाैरीले कुनै अनुदानमा काखा पाखाँ नगरेको जनाएको छ ।, स्थानीय भलमन्साले समयमा उपचार नपाउदाँ आफ्नो बंगुर मरेकाे पीडा सुनाए ।

 

Open photo

Open photo

 

उनीहरूले सहभागीका गुनासो सुन्ने सुनाउने रेडियो कार्यक्रम नागरिक सुनावाइ जनताको कार्यक्रम भएकाले आउदा दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । 

 

Open photo

Open photo


स्थानीय पशुपालक कृषककाे सहभागी रहेकोे कार्यक्रममा नागरिक समाज सुरक्षाकर्मी सञ्चारकर्मी कर्मचारी जनप्रतिनिधि एवम् सराेकारवालाहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।

 

Open photo

Open photoOpen photoOpen photoOpen photo

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी