कञ्चनपुर : एसएसपी विष्टद्वारा सीमावर्ती क्षेत्रका ईप्रकाकाे अनुगमन 

२०८१ जेठ २४ बिहीबार

बेलाैरी, कञ्चनपुर -

 

नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कञ्चनपुरका सीमावर्ती क्षेत्रसंग जोडिएका ईलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन् । 


एसएसपी विष्टले जिल्लाको दक्षिणी सीमावर्ती तीन ईलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका हुन् । 


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान शाखामा कार्यरत एसएसपी विष्टले बिहीबार ईलाका प्रहरी कार्यालय बेलडाँडी, बेलौरी र त्रिभुवनबस्तीको स्थलगत अनुगमन गरेका हुन् । 


भारतसंग प्रत्यक्ष सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा भारतबाट आउने लागूऔषध, चोरी तस्करीदेखि चुनौतीपूर्ण क्षेत्र भएकाले एसएसपी विष्टले कार्यालयको आन्तरिक अनुगमन गरेको प्रहरी प्रहरी कार्यालय धनगढीले जनाएको छ । 


अनुगमनका क्रममा एसएसपी विष्टले तीनै ईप्रका इन्चार्जदेखि प्रहरी कर्मचारीहरुलाई चोरी तस्करी, राजस्व चुहावट अपराध न्यूनिकरण र आउँदै गरेको मनसुनको आवश्यक तयारी एव हाईअलट बस्न निर्देशन दिएका छन् ।

 

संगठन र सरकारले दिएको जिम्मेबारी अनुरुप आ–आफ्नो कार्य क्षेत्रमा हुने अपराध न्यूनिकरण गर्ने सुन्य सहनशिलताको नीति अनुुरुप काम गर्न समेत निर्देशन दिएका छन् ।

 

जनतालाई मुस्कान सहितको सेवादेखि प्रहरीदेखेर जनता सुरक्षित भएको महसुुस हुनुपर्ने, तस्कर अपराधी समूह थरथर काप्नुपर्ने गरेर आफुलाई प्रस्तुत गर्न समेत निर्देशन दिएका छन् । 


ईप्रका बेलडाँडीका इन्चार्ज कृष्ण कुँवर, बेलौरीका इन्चार्ज गौरी प्रसाद जैसी र त्रिभुवनबस्तीका इन्चार्ज हेमराज भट्ट सहितका प्रहरी कर्मचारीले एसएसपीको स्वागत गरेका छन् ।

 

आउँदै गरेको मनसुनलाई समेत मध्य नजर गर्दै नेपाल प्रहरीले आ–आफ्ना युनिटलाई हाईअलटमा राखेको छ । विपदको पूर्व तयारी, उद्दारका कार्यमा खटिन तयारी अघि बढाएको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी