शुक्लाफाँटा नगरपालिकाले सडक अतिक्रमित क्षेत्रमा डोजर चलायाे !

२०८१ जेठ २३ बुधबार

कञ्चनपुर-

 

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिकाले सडक अतिक्रमित क्षेत्रमा डाेजर चलाएको छ । 


सडक डिभिजन कार्यालय महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाले संयुक्त रुपमा सडकको अतिक्रमित भूभाग खाली गराउन डाेजर चलाएको हाे ।,

 

मंगलबारदेखि शुक्लाफाँटा नगरपालिका र सडक डिभिजन कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बनसमिति देखि कलुवापुर सम्मैको अतिक्रमण राजमार्ग क्षेत्र सडक खाली गराईन लागिएको जनाएको छ । 

 

शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले राजमार्ग अन्तरगत रहेको मूल सडकको क्षेत्र केही व्यक्ति व्यवसायीहरुले अतिक्रमण गरेर अस्थायी संरचना बनाएको बताए ।,

 

‘विच सडकदेखि दायाँबायाँ २५/२५मिटर अतिक्रमित क्षेत्र खाली गर्न लागेका छौँ, ‘उनले भने, ‘बनसमिति बजारदेखि शुरु गरेर झलारी बजारसम्म खाली गराएका छौँ, ‘उनले भने, ‘अब झलारीदेखि पनि कलुवापुर बजारसम्मै सडक क्षेत्रको अतिक्रमित जमिन खाली गछौँ ।’

 

प्रमुख प्रशासकीय अधिकृत विष्टले यस अघि नगरपालिकाले पटक-पटक सूचना जारी गरेपनि केहीले आफै हटाएको केहीले अटेरी गरेपछि डोजर डाेजर चलाउन बाध्य भएको बताए ।,


‘सडक क्षेत्रको अतिक्रमित जमिन खाली गराउन हामीले गरेको प्रयासबाट एकातिर बजारको साैन्दर्यता पनि बढ्छ, ‘उनले भने, ‘अर्कातिर सडक दुर्घटना न्यूनिकरण देखिका थुप्रै फाईदा हुन्छन् ।’

 

प्रमुख प्रशासकीय अधिकृत विष्टले अहिले झण्डै साढे पाँच किलोमिटर क्षेत्रमा रहेको अतिक्रमित भू-भाग खाली गराईने बताए ।,

 

शुक्लाफाँटा नगरपालिका पूर्वाधार विकास समितिका संयोजक बहादुर सिंह महराले सडक डिभिजन वनबाट अनुरोध भए अनुरुप पालिकाले आफ्नो कार्य क्षेत्रमा रहेको अतिक्रमण हटाउन लागेको जनाए ।

 

संयोजक महराले बजार क्षेत्रमा रहेको सडकको अतिक्रमित क्षेत्र खाली गराउन पटक पटक सूचना जारी गरिएको र केही व्यवसायीले आफै गरेको र केही आफैले नगर्ने भएपछि हामीले डोजर सहित जनशक्ति लगाएर हटाएको जिकिर गरे ।,


शुक्लाफाँटा नगरका प्रवक्ता लालबहादुर ऐरले पालिका र सडक डिभिजनको संयुक्त प्रयासबाट राजमार्गको जमित अतिक्रमण गरेर बनाईएका अस्थायी प्रकृति, सिँडी सहितका खोकाछाप्रा हटाउन बाध्य भएर डोजर प्रयोग गरिएको बताए । ‘केहीले आफै खाली गर्दै छन, केहीले गरिसके, ‘उनले भने, ‘खटेरी गर्ने संरचनामाथि डोजर चलाएर खाली गराएका छौँ ।’


सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख ईन्जिनियर हरि सुवेदीले सरकारले अतिक्रमित जमिन खाली गराउने योजना अनुरुपनै सडक डिभिजन कार्यालयले स्थानीय सरकारसंग समन्वय गरेर सडकको अतिक्रमित क्षेत्र खाली गराउन लागेको बताए।

 

‘यो हामीले शुरुवात शुक्लाफाँटा नगरपालिकाबाट शुरुवात गरेका छौँ, ‘उनले भने, ‘अतिक्रमित गरेको सडकको क्षेत्र खाली गर्दै सरक्षण पनि गछौँ ।’ पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत गड्डाचौकीदेखि गुलरिया मोहना नदीसम्मको अतिक्रमित क्षेत्र खाली गरेर सडक सुरक्षित गर्ने लक्ष्य रहेको उनले बताए । 


शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले लामो समयदेखि सडकको अतिक्रमित क्षेत्र खाली गर्न पालिकाले प्रयास गरेपनि गर्न नसकेको र अहिले संयुक्त रुपमा गर्न लागेको बताए ।, 


मेयर महराले अतिक्रमित क्षेत्र खाली गरेर संगै विद्युतको पोल समेत व्यवस्थित रुपमा राखिने बताए । ‘अब हामी यो कामलाई निरन्तर अघि बढाउँछौँ, ‘मेयर महराले भने, ‘अब सबैले पनि सडकको जमिन अतिक्रमण गर्न पाउँदैन ।’

 

यसरी राजमार्ग क्षेत्रको अतिक्रमित जमिन खाली गराउँदा एकातिर राजमार्गको सुरक्षा अर्कातिर सडक बजारको सौन्र्दयता बढ्नेछ ।

 

स्थानीयले समेत शुक्लाफाँटा स्थानीय सरकार सडक डिभिजन कार्यालयको संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराउने काम सरानिय भएको भन्दै निरन्तरतामा जोडदिएका छन् ।,

 

प्रतिकृया दिनुहोस

हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली

डोटीमा कृषि बीमा गर्नेको सङ्ख्या बढेन

डोटी –    जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानले बर्सेनि क्षति बेहोर्नु परेको छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा,

कञ्चनपुर : भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर –    कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर