नेपालीले अब भारतमा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने

२०८० चैत ३ शनिबार

अब नेपाली नागरिकले भारतसहित अन्य देशमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र २०८० संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खाता हुने नेपालीले विदेशमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।

 

शुक्रबार राष्ट्र बैंकले जारी गरेको निर्देशनमा नेपाली बैंकमा आबद्ध क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा कारोबार गर्न सकिने उल्लेख छ । गत फागुन १६ देखि भारतीय नागरिकले नेपालमा क्यूआर भुक्तानी गर्ने सुविधा सञ्चालनमा आइसकेको छ । यसका लागि नेपालको फोनपे र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच सहकार्य भएको छ ।

 

​जसअन्तर्गत भारतमा भिमयूपीआई र फोनपे (एजयलभएभ) भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । तर नेपाल राष्ट्र बैंकले स्वीकृति नदिँदा नेपाली सेवाग्राहीले भने भारतमा भुक्तानी गर्न पाइरहेका थिएनन् । अब भने नेपालका डिजिटल वालेट तथा मोबाइल बैंकिङ एपबाट भारतमा क्यूआर भुक्तानी गर्न सकिने बाटो खुलेको छ ।

 

राष्ट्र बैंकले एकीकृत परिपत्र २०८० संशोधन गर्दै नेपालमा रहेका भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग ९ई(बैंकिङ्ग०, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा पारिश्रमिक बापतको सटही सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

यसअन्तर्गत प्रति दिन १५ हजार भारु र प्रति महिना एक लाख भारु सीमा तोकिएको छ । त्यस्तै भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंकले व्यवस्था गरेको ‘इन्डो–नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम’को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (ई–बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुनेगरी विप्रेषण रकम भित्र्याउन सक्ने व्यवस्था थपिएको छ ।

 

साथै नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुनेगरी विदेशमा जारी भएको क्यूआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

 

प्रतिकृया दिनुहोस

यी कारणले नचलेको हुन सक्छ तपाईंको वाई-फाई !

इन्टरनेटका लागि भरपर्दो माध्यम हो, वाई-फाई । इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न प्याकेज बनाएर वाई-फाईको सेवा दिइरहेका हुन्छन् । तर कतिपय अवस्थामा

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।   यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल

पठाएको जिमेल गइरहेको त छैन ? अब यसो गर्नुहोस्

औपचारिक कुराकानीका लागि जिमेल एउटा राम्रो विकल्प हो । यदि धेरै एजेन्सीहरूसँग कुराकानी गर्ने काम छ भने जिमेल तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ । तर,