यी कारणले नचलेको हुन सक्छ तपाईंको वाई-फाई !

२०८१ श्रावण १२ शनिबार

इन्टरनेटका लागि भरपर्दो माध्यम हो, वाई-फाई । इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न प्याकेज बनाएर वाई-फाईको सेवा दिइरहेका हुन्छन् । तर कतिपय अवस्थामा विभिन्न कारणले गर्दा इन्टरनेट चलिरहेको हुँदैन । आज हामी वाई-फाई नचल्नुका केही कारणबारे चर्चा गर्नेछौं:

 

१. राउटरको स्थान
वाई-फाई नचल्नु अथवा ढिलो चल्नुको एउटा कारण हो, राउटर राखेको स्थान । विशेषगरी वायरलेस राउटरहरूमा यस्तो समस्या टाढा हुने गर्छ । घरको भित्ता, फर्निचर जस्ता सामग्रीहरूले वाई-फाईको सिग्नललाई अवरोध पुर्‍याउने गर्छन् । त्यसैमाथि, तपाईं राउटरबाट जति टाढा जानुहुन्छ, त्यति नै इन्टरनेट ढिलो चल्छ । यसकारण घर अथवा कोठाको चारैतिर वाई-फाई सिग्नल राख्नु पर्छ ।

 

२. २.४ गिगाहर्जको राउटर प्रयोग गर्नु
अहिलेका आधुनिक राउटरहरू मुख्यत: २.४ र ५ गिगाहर्जका हुने गर्छन् । जसमध्ये ५ गिगाहर्ज नयाँ प्रविधियुक्त छ, जसले गर्दा यसको गति बढी हुन्छ तर लेटेन्सी कम हुन्छ । तपाईंले समस्या भोगिरहनु भएको छ भने, ५ गिगाहर्जको राउटर प्रयोग गर्न सक्नुहुन्छ । भन्नुको अर्थ, २.४ गिगाहर्जको राउटरले तपाईं बस्नु भएको क्षेत्रफललाई कभर गर्न सक्दैन । यसकारण, बढी क्षमताको राउटर अपग्रेड गर्नु पर्छ ।

 

३. ब्यान्डविथ खपत धेरै हुँदा
वाई-फाई भन्नसाथ असीमित इन्टरनेट कनेक्सन भन्ने हुँदैन । यसमा पनि निश्चित ट्राफिक धान्न सक्ने क्षमता मात्र हुन्छ । धेरै व्यक्तिले चलाउँदा अथवा कुनै निश्चित समयमा वाई-फाईको गति कम भएको सायद तपाईंले महसुस गर्नु भएको होला । त्यस्तोमा, तपाईंले कि त वाई-फाई कनेक्ट भएको डिभाइसको संख्या कम गर्नु पर्छ या त राउटरको क्षमता बढाउनु पर्छ ।

 

४. पुराना राउटर
कतिपय अवस्थामा इन्टरनेटको नभएर राउटरका कारण समेत समस्या आउने गर्छ । यदि तपाईंले उच्च गतिको इन्टरनेट प्याकेजमा अपग्रेड गर्नु भएको छ तर तपाईंको राउटर अलि पुरानो छ भने समस्या हुन सक्छ । सामान्यत: पाँच/छ वर्षभन्दा पुराना राउटरले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्दैनन् । अझ, तपाईंले धेरै डिभाइसमा इन्टरनेट कनेक्सन गर्नुहुन्छ भने त समस्या हुने नै भयो । यसकारण, केही वर्षको अन्तरालमा नयाँ राउटरमा अपडेट हुनु पनि फाइदा नै हुन्छ ।

 

५. सिग्नलको समस्या
वाई-फाई एक प्रकारको रेडिओ सिग्नल हो । यस सिग्नललाई अवरोध पुर्‍याउने विभिन्न वस्तुहरू अहिले जताततै हुन्छन् । यदि तपाईं बढी जनघनत्व भएको ठाउँमा अथवा धेरै बिल्डिङहरू भएको ठाउँमा बस्नुहुन्छ भने त्यहाँ तपाईंको वाई-फाई र अन्य नेटवर्कका सिग्नल एक-आपसमा ठोक्किन सक्छन्, जसले गर्दा स्वतः इन्टरनेटको गतिमा प्रभाव पार्छ ।

प्रतिकृया दिनुहोस

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जरिवानाबापतको धरौटी रकम बुझाउन नसकेका थुनुवालाई ६ महिनाभन्दा बढी कैद नगर्न आदेश जारी गरेको छ । बैंकिङ कसुरमा कैद भुक्तान सकाएर

अनलाइनबाट कम्पनी दर्ता गर्ने सेवा बन्द

कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ ।   अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।   खुलातर्फ १ सय