नोभा हस्पिटलबाट अझै उठेन नसिभको शव

२०८१ श्रावण १२ शनिबार

कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का नसिभ चौधरीको शव दुई दिनदेखि अस्पतालमै रहेको छ ।

 

आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ति नदिएसम्म शव नउठाउने अडान लिएपछि २ दिनदेखि शव नोभा हस्पिटलको आईसीयु कक्षमा राखिएको छ । पीडितका आफन्त र अस्पताल प्रशासनबिच शनिबार पटक–पटक छलफल र वार्ता भएपनि सहमति हुन सकेको छैन । जन्डीसको बिरामी भएर साउन ७ गते नोभा हस्पिटलमा भर्ना भएका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो ।

 

मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन् । अस्पतालका सूचना अधिकारी पदमराज भट्टले भने अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी