पठाएको जिमेल गइरहेको त छैन ? अब यसो गर्नुहोस्

२०८१ असार २७ बिहीबार

औपचारिक कुराकानीका लागि जिमेल एउटा राम्रो विकल्प हो । यदि धेरै एजेन्सीहरूसँग कुराकानी गर्ने काम छ भने जिमेल तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ । तर, जिमेलमा गलत ईमेल ठेगाना दिइए पनि मेल जाने गर्छ । यसबारे केही बेरमा गलत ठेगाना भएको मेसेज आउँछ ।

 

यो त एउटा सानो समस्या हो । जिमेलमा पठाइएका मेलहरू अन्य कारणले पनि नजान सक्छ । जस्तो; इन्टरनेट स्लो हुँदा, जिमेल एपमा समस्या हुँदा आदि । आज हामी जिमेल मार्फत पठाइएका मेलहरू गइरहेका छैनन् भने तिनलाई समाधान गर्ने तरिकाबारे चर्चा गर्ने छौं:

 

डेस्क टप र मोबाइल

 

यस खण्डमा डेस्कटप र मोबाइल दुवैका लागि केही समाधानका उपाय चर्चा गरिएको छ: 

 

-इन्टरनेट कनेक्सन जाँच गर्ने  

 

मेल नजानुको प्रमुख कारण हुन सक्छ, इन्टरनेट । कतिपय अवस्थामा डिभाइसमा इन्टरनेट सिङ्नल देखिए पनि चलिरहेको हुँदैन । इन्टरनेट चले/नचले थाहा पाउन तपाईंले ब्राउजर खोले पुग्छ । यदि इन्टरनेटको समस्या भए मेल पठाउन कुर्नुपर्ने हुन्छ ।

 

-जिमेल डाउन भए/नभएको हेर्ने

 

यदि इन्टरनेटमा समस्या छैन भने जिमेलको सर्भर डाउन भएर पनि मेल नगएको हुन सक्छ । तर यस्तो अवस्था नगण्य हुन्छ । तर पनि तपाईंले जिमेलको डाउन भए/नभएको जाँच गर्न सक्नुहुन्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

-प्रापकको मेल ठेगाना जाँच गर्ने 

 

मेल जानका लागि सही मेल ठेगाना हुनुपर्छ । तर कहिलेकाहीँ अक्षर बढी थिच्दा अथवा कम हुँदा मेल ठेगाना गलत हुन जान्छ । यसकारण मेल ठेगाना सही भएको निश्चित गरिसकेपछि मात्र तपाईंले सेन्ड (Send) बटन क्लिक गर्नुहोस्

 

डेस्कटपका लागि 

 

यदि तपाईं विन्डोज, म्याक, लिनक्स, क्रोमबुक जस्ता अपरेटिङ सिस्टम भएको डेस्कटप चलाइरहनु भएको छ भने निम्न तरिका अपनाउन सक्नुहुन्छ:

 

-ब्राउजरको क्यास क्लियर गर्ने 

 

यदि ब्राउजरमा इमेल लोड भइरहेको छैन भने ब्राउजरको क्यास क्लियर गर्नुहोस् । यसो गर्दा ब्राउजरमा जिमेल नखुल्ने तथा पठाएको मेल नगइरहेको समस्या समाधान हुन सक्छ । 

 

-पुन: लगइन गर्ने  

 

कहिलेकाहीँ लगइनमा आउने समस्याका कारण पनि मेल गइरहेको हुँदैन । तर, प्रयोगकर्तालाई ठ्याक्कै यही समस्या हो भन्ने  थाहा हुँदैन । यसकारण तपाईंले एक पटक लग आउट गरेर पुन: लगइन गर्न सक्नुहुन्छ । 

 

-अन्य वेब ब्राउजर प्रयोग गर्ने 

 

यदि यी माथिका कुनै पनि समस्या छैन भने अर्को ब्राउजर प्रयोग गर्नुहोस् । किनकि ब्राउजरको समस्याका कारण पनि जिमेल नचल्न सक्छ । यदि अर्को ब्राउजरमा चले तपाईंले उक्त ब्राउजरमा समस्या भएको बुझ्न सक्नुहुन्छ ।

 

आईफोन एन्ड्रोइडका लागि 

 

यदि आईफोन र एन्ड्रोइडमा ‍समस्या भोगिरहनु भएको छ भने निम्न उपाय अपनाउनुहोस्: 

 

-आधिकारिक एप मात्र प्रयोग गर्ने  

 

यदि तपाईंले थर्ड पार्टी ईमेल क्लाइन्टहरूमा जिमेल प्रयोग गरिरहनु भएको छ भने तुरुन्तै आधिकारिक एपमा स्विच हुनुहोस् । आईओएस तथा एन्ड्रोइड दुवैमा जिमेलको आधिकारिक एप उपलब् । किनकि थर्ड पार्टी ईमेल क्लाइन्टमा भएका समस्याले जिमेल नचलिहरेको हुन सक्छ ।

 

-जिमेल एप अपडेट गर्ने 

 

आधिकारिक एप प्रयोग गर्दा समस्या आए एप अपडेट गर्नुहोस् । किनकि पुराना भर्सनमा बगहरूले गर्दा जिमेल नचल्न सक्छ । नयाँ अपडेटमा तिनै समस्या समाधान गरिएका हुन्छन् । यसका साथै तपाईंले एपको क्यास मेमोरी पनि क्लियर गर्न सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस

नेपाली सेनाको अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी/उपसेनानी) मा दरखास्त आह्वान गरेको छ । अधिकृत सरहका यी पदमा २ सय ८० जनाका लागि भर्ना खुलेको हो ।   खुलातर्फ १ सय

गण्डकी प्रदेशमा न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान

गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराको सूचनामा ७१ जना न्यायिक

कम्प्युटरमा कनेक्ट भएको वाई-फाईको पासवर्ड हेर्न यसो गर्नुहोस् !

कहिलेकाहीँ हामी वाई-फाईमा कनेक्ट भएका हुन्छौं, तर यसको पासवर्ड बिर्सन्छौं । यस्तो अवस्थामा तपाईंले आफ्नो कम्प्युटरमा कनेक्ट भएको वाई-फाई नेटवर्कको