खाडी मुलुकले लगाए बलिउड फिल्म ‘आर्टिकल ३७०’ लाई प्रतिबन्ध

२०८० फागुन १४ सोमबार

यामी गौतम स्टारर भारतीय फिल्म ‘आर्टिकल ३७०’ लाई मध्यपूर्वका मुलुकले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको, दर्शक र समीक्षकबाट प्रशंसा बटुलिरहेको यो फिल्मले खाडी मुलुकबाट भने धक्का खेप्नुपरेको हो ।

 

खाडी मुलुकमा प्रतिबन्ध लगाइँदा यसले हिन्दी फिल्मको ठूलो बजारमा प्रवेश पाउनबाट बञ्चित हुनुपरेको छ । यसले फिल्मको समुन्द्रपार व्यापारमा गिरावट आउन सक्छ । यसअघि दीपिका पादुकोण र ऋतिक रोशन स्टारर एरियल(एक्सन फिल्म ‘फाइटर’लाई पनि खाडीमा रोक लगाइएको थियो ।

 

‘आर्टिकल ३७०’ ले भारतीय बक्स अफिसमा पहिलो सप्ताहन्त २५ करोड भारु कमाएको छ । जम्मू-कश्मीरलाई विशेषाधिकार दिने भारतीय संविधानको धारा ३७० खारेज गर्ने नरेन्द्र मोदी सरकारको निर्णयको कथावस्तु यसमा छ । उक्त धारा खारेज गरेपछि जम्मू र कश्मीर दुई अलग राज्य मात्र बने भने यी राज्यमा राष्ट्रपतीय शासन लागू छ ।

 

यो फिल्ममा यामी गौतमले एक स्थानीय जासूसको भूमिका निर्वाह गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेलायत र क्यानडामा राम्रो कमाइ गरिरहेको छ ।

 

पछिल्लो समय फिल्म पर्यटनमा कदम चालिरहेका र धेरै भारतीय फिल्म छायांकन हुने मध्यपूर्वमा ‘आर्टिकल ३७०’ माथिको प्रतिबन्ध भने आश्चर्यको कुरा हो । एएनआईका अनुसार यो फिल्म साउदी अरब, यूएई, कतार, ओमान र बहराइनमा प्रतिबन्ध लगाइएको हो ।

प्रतिकृया दिनुहोस

फिल्म ‘कर्मा’ निर्देशन गर्दै सौरभ

निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जलमा ‘थिम पोस्टर’ सार्वजनिक गर्दै उनले फिल्म निर्माणबारे

फिल्म ‘तेल भिसा’ को छायांकन सकियो, मंसिर ७ मा प्रदर्शन

मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । यो फिल्मको ७० प्रतिशत अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो

बुवाले घर चलाउन विदेश पठाउन खोज्नुभयो, संगीत सिकेर यहीँ भविश्य खोजेँ : करण परियार

संगीतमा भित्रैबाट रुची भएका बारबर्दिया नगरपालिका वडा नं ४ पदना बर्दियाका १९ वर्षीय करण परियारलाई उनका बुवाले घरखर्च चलाउन विदेश पठाउने योजना