भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री लेखकलाई ज्ञापन

२०८१ श्रावण १२ शनिबार

कञ्चनपुर -

 

भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाइएको छ । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकाश थापाले चुरे भएर बग्ने भुजेला खोला नियन्त्रणदेखि निकासको माग अघि सारेर गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाइएको बताए । 


वडाध्यक्ष थापाले भीमदत्त नगरपालिका ११ वडा कार्यालयकै तर्फबाट भुजेला खोलाको ताण्डपबाट भीमदत्तनगरका तीन वडा ११, १२ र १३का गाँउबस्ती डुवान समस्या बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
‘गत असारमा आएको बाढीले महाकाली नदीले भुजेला खोला थुनिदिएपछि सिङ्गै खोला गाँउ उल्टिएर नगरका तीन वडाका गाँउबस्ती डुवानमा परे, ‘उनले भने, ‘भुजेला खोला निकासका लागि मन्त्री ज्यूको ध्यानाकर्षण गराईयो, आश्वासन पनि पाईएको छ ।’

 

काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका वडाध्यक्ष थापाले निर्वाचन क्षेत्र ३का बाढीपीडितदेखिका समग्र समस्या बारे मन्त्री लेखकको ध्यानाकर्षण गराएको बताए । 

प्रतिकृया दिनुहोस

माओवादी केन्दीय नेताहरुलाई सुदूरपश्चिम प्रदेश भूगोल, विभाग, जनवर्गीय संगठनको जिम्मेवारी

कञ्चनपुर - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश भूगोलबाट केन्द्रीय कमिटिमा रहेका नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको छ । माओवादी केन्द्र

पुलिस ब्याटनमा प्रहरी निरीक्षक जैशी सम्मानित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर - नेपाल प्रहरीका एक प्रहरी अधिकृत एवम् तत्कालीन ईलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज सम्मानित भएका छन्

कैलालीमा दशैँको अवधिमा सबैभन्दा बढी सवारी दुर्घटना

कैलाली -   कैलालीमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । दशैँको अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको हो ।   कैलालीमा