फिल्म ‘कर्मा’ निर्देशन गर्दै सौरभ

२०८१ श्रावण ११ शुक्रबार

निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जलमा ‘थिम पोस्टर’ सार्वजनिक गर्दै उनले फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

 

सौरभका अनुसार तिहारपछि छायांकन सुरु हुनेछ । यो फिल्मको कथा उनैले लेखेका हुन् । उनका अनुसार कर्मा ‘एक्सन ड्रामा एडभेन्चर’जनराको कथा हो ।

 

उनी भन्छन्, ‘यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो पाटो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’

 

सौरभका अनुसार अहिले कालाकार चयनको काम पूरा भएको छैन । चयन भइसकेका कालाकार निर्माण पक्षले केही समयपछि औपचारिकरुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।

 

गत वर्षको फागुनमा प्रदर्शन आएको  ‘अगस्त्य : च्याप्टर–१’ निर्देशनबाट सौरभले फिल्म क्षेत्रमा चर्चा पाएका छन् । यद्यपि उनी निर्देशित पहिलो फिल्म ’लभ डायरिज’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो । यो उनको निर्देशन रहने तेस्रो फिल्म हो ।

 

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् ।

प्रतिकृया दिनुहोस

युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’

नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा

चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक

सिनेमा हलमा आजदेखि ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन् । यी दुवै चलचित्रले समाजका गम्भीर