दार्चुला जीप दु*र्घटना अपडेट : ज्या*न गुमाउनेको सङ्ख्या आठ पुग्यो(नामसहित)

२०८१ कार्तिक ३० शुक्रबार

दार्चुलाको मालिकार्जुन जात्राबाट दर्शनार्थी बोकेर गोकुलेश्वरतर्फ जाँदै गरेको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार घटनास्थलमा छ र उपचारको क्रममा दुई जनाको ज्यान गएको हो ।

 

ज्यान गुमाएका आठै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा शैल्यशिखर नगरपालिकाका दिलिप बिष्ट, मिना लेखक, विरेन्द्र रावल र शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर–५ का विरेन्द्र बोहरा, सुदिप बोहरा, भारतको उत्तर प्रदेश विजनौरका मोहमद सफीर र मोहमद बसिर रहेका छन् ।

 

घाइते पाँच जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा आज बिहान म १ ज ३३८ नम्बरको जीप दुर्घटना भएको हो ।

 

प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर राउतका अनुसार स्थानीय मालिकार्जुन मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा दर्शनार्थी चढेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

प्रतिकृया दिनुहोस

कञ्चनपुरकी छाेरी सावित्रीकाे यात्रा विश्व क्रिकेट कपमा

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवा स्थित होलीफेम्ली माध्यामिक विद्यालयकी छात्रा सावित्री धामी अब विश्व क्रिकेट कप प्रतियोगिता

शान्ति निकेतनका अध्यक्ष भट्ट वडाध्यक्षको दौडमा होमिए

डिल्लीराज पन्त / कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका ६ ऐठपुर स्थित शान्ति निकेतन माध्यामिक विद्यालय जिल्लाकै सामुदायिक विद्यालय मध्ये

उपनिर्वाचन : सुदूरपश्चिमका रिक्त सबै स्थानमा माओवादीले टुङ्ग्यायो उम्मेदवार

सुदूरपश्चिम प्रदेश नेकपा माओवादी केन्द्रले मङ्सिर १६ गते हुन लागिएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने सबै उम्मेदवारको टुङ्गो लगाएको छ । रिक्त एक