धनगढीका ओझा पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह
वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।
पोल्याण्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित धनगढी उपमहानगरपालिका–१२ का २८ वर्षीय सुरेशकुमार ओझा चार महिनादेखि बेपत्ता भएका हुन् ।
ओझा गत जुलाई ५ तारिखदेखि सम्पर्कविहीन भई बेपत्ता भएको सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलका अध्यक्ष दीपेश विष्टले जानकारी दिए ।
राजधानी लिस्बनस्थित एक रेष्टुराँमा काम गर्दै आएका उनी सात महिनाअघि एकाएक बेवारिसे भएका थिए । बेवारिसे भएका ओझालाई मेट्रो स्टेसनबाट नाजुक अवस्थामा उद्धार गरी लिस्बनस्थित एक होस्टेलमा खाने बस्ने व्यवस्था मिलाएर राखिएको भए पनि होस्टेलबाटै भागेर बेपत्ता भएको विष्टले बताए । 'हामीले धेरै पटक उनको उद्धार गर्यौं । परिवारको आग्रहमा नेपाल पठाउने तयारी पनि गरेका थियौं । तर, उनी एकाएक सम्पर्कविहीन भई बेपत्ता भए,' विष्टले भने ।
समाजको पहल र व्यवस्थापनमा होस्टेलमा बस्दै आएका उनी गत जुलाईदेखि सम्पर्कबिहीन भएका हुन् । हाल उनको खोजीकार्य भइरहेको र पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ–संस्थालाई समेत उनको खोजबिनमा सहयोग गर्न आग्रह गरिएको विष्टले बताए ।
बेपत्ता भएका ओझा हालसम्म परिवार, आफन्तलगायत कोही कसैको सम्पर्कमा नआएको भन्दै उनको खोजी गरी नेपाल पठाइदिन परिवारले आग्रह गरेको उनले बताए । ओझाको परिवारमा वृद्ध आमा र पाँच दिदीबहिनी रहेका छन् ।
यसैबीच धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समेत सामाजिक सञ्जालमार्फत बेपत्ता भएका ओझाको खोजबिन र उद्धार गरिदिन पोर्चुगलवासी नेपालीसँग आग्रह गरे ।
नगरप्रमुख हमालले एक सूचना जारी गर्दै बेपत्ता ओझाको खोजबिन र उद्धारका लागि आग्रह गरेका हुन् ।
कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु
कञ्चनपुर - कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८
विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द
बैतडी - बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या
बोक्सीको आरोपमा महिलाको कपाल चक्कुले काटियो, तीन जना पक्राउ
कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि
प्रतिकृया दिनुहोस