बाहुबलीको तेस्रो सिरिज बन्ने !

२०८१ कार्तिक ३ शनिबार

भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बाहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।

 

मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि थिए ।

 

ज्ञानवेलले भने, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उनले बाहुबली १ र २ बनाएका थिए । तर अब उनीहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा ​​छन् ।’ ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।

 

केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उनले भनेका थिए, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।’

 

‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताए । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताएका थिए ।

 

सन् २०१५ मा रिलिज भएको फिल्म ुबाहुबलीु तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो । प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै बाहुबली- २ -२०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।

 

प्रतिकृया दिनुहोस

चलचित्र ‘राजागन्ज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

फिल्म ‘राजागन्ज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । भेनिस, बुसानलगायतका अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘पूजा सर’को नामले

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले