मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

२०८१ कार्तिक ६ मंगलबार

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-

 

बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी भएको छ ।

 

बेलाैरी नगरपालिका वडा नम्बर १ र २ काे संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा आयाेजक टिमलाई १/४ ले पन्छ्याउँदै साेमबार बेलाैरी नगरपालिका कर्मचारीहरुकाे टिम विजयी भएको नगरका टिम क्याप्टेन अशोक पाण्डेले बताए ।

 

उनले - हरेक व्यक्ति स्वस्थ रहनका लागि खेलकुद अत्यावश्यक रहेको बताउँदै बेलाैरी नगरका कर्मचारीले आफ्नै क्षेत्रमा सञ्चालित एक मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगितामा सहभागीता जनाएको बताए ।

 

बेलाैरी नगरपालिका कम्प्युटर अपरेटर समेत रहेका पाण्डेले खेल उद्घाटन सत्रकाे मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी भई विजयी हुन पाउँदा खुसी व्यक्त गरेका छन् ।,

 

पाण्डेले - यतिमात्र नभई पालिका-पालिका कर्मचारी बिचकाे प्रतिस्पर्धामा समेत प्रायः विजयी हुने गरेको बताए ।, उनले भने "हामी जहाँ जान्छौं उत्कृष्ट प्रदर्शन गरेरै आउछाैं ।,

 

यस्तै, बेलाैरी नगरपालिका लेखा अधिकृत ओम प्रकाश उपाध्यायले "कर्मचारीले काम बाहेक पनि उत्कृष्ट खेल प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण पस्किएकाे बताए ।

 

१ का विरुद्ध ४ गाेल हान्दै नगरकाे कर्मचारी टिमले फुटबल भलिबल मात्र नभइ क्रिकेट, ब्याडमिन्टनमा समेत राम्रो स्थान हासिल गर्दै आइरहेको अधिकृत  उपाध्यायको कथन छ ।

 

फरक प्रसंगमा कर्मचारीले कार्यालयकाे काम मात्रै गर्नुपर्छ भन्ने मान्यता राख्नेहरुलाई उनले दैनिक जीवनमा शारीरिक मानसिक र संवेगात्मक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको तर्कदिए ।

 

उता टिम क्याप्टेन पाण्डेले आफूहरू कार्यालयकाे काम सकेर मात्रै प्रायःजसो खेलकुदमा सहभागीता जनाउने गरेको बताउँछन् । तर, अपवादका रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको अपब्याख्या गर्ने प्रति सिङ्गो कर्मचारी टिमकाे ध्यानाकर्षण भएको उनको भनाइ छ ।

 

बेलाैरी नगरपालिका कम्प्युटर अपरेटर समेत रहेका पाण्डेले सके आफूले पनि शारीरिक व्यायाम गर्न र नसके जथाभावी टिप्पणी नगर्न सुझाएका छन् ।

 

बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा २१ टिमकाे सहभागीता रहेको आयाेजकले जनाएको छ ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २ लाख २२ हजार २ सय २२ र द्वितीयलाई १ लाख‌ ६१ हजार १ सय ११ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजक तथा खेलकुद समिति अध्यक्ष उपेन्द्र शाहीले जनाए ।

 

शाहीले खेलमा अनुशासित रही प्रतियोगिता भव्य र सभ्य रुपमा सफल पार्न अपिल गर्दै सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मालिकार्जुन हार्डवेयरलाई

बेलाैरी, कञ्चनपुर -   कञ्चनपुर टी –२० क्रिकेट प्रतियोगिता २०८१को उपाधि मालिकार्जुन हार्डवेयर अत्तरियाले आफ्नो हात पार्न सफल भएको छ । कञ्चनपुरको