‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

२०८१ कार्तिक २ शुक्रबार

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो । 

 

“हाम्रो चलचित्रले एक हप्तामा १० करोड ५ लाख कलेक्सन गरेको छ,” ‘१२ गाउँ’का वितरक गोविन्द शाहीले भने । त्यसयताको कलेक्सन रिपोर्ट केही दिनमा सार्वजनिक गर्ने उनले बताए । 

 

बिराज भट्टले निर्देशन गरेको चलचित्रमा बिराजसँगै समीर भट्ट मुख्य भूमिकामा छन् । 

 

फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो । 

प्रतिकृया दिनुहोस

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले