आज असोज २८ गते - राशिफल

२०८१ असोज २८ सोमबार

 

२८-असोज २०८१ | साेमवार १४-अक्टोबर २०२४। 

 

उपप्रा. लक्ष्मीप्रसाद बराल 

 

मेष - Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ।

 

वृष - Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्वमा पुग्न सकिनेछ। पेसा–व्यवसायमा पनि राम्रै फाइदा उठाउने समय छ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

 

मिथुन - Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह

मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

 

कर्कट - Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य केही कमजाेर बन्ने समय छ। नियमित कामबाट केही फाइदा हुनेछ। कामकाे चाप भने बढ्न सक्छ।

 

सिंह - Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइकाे सहयोग र उपहारसमेत पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने बलियाे सम्भावना छ।

 

कन्या - Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साहसी काम गरेर लाभ लिन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। चिताएको काम बन्नाले मनग्य धनलाभ हुनेछ। रोकिएको काम बन्न थाल्नेछन्। प्रयत्न दोहोर्याउँदा लक्ष्यप्राप्ति हुनेछ, मिहिनेत गर्नुहाेला।

 

तुला - Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते

विद्यार्थीहरूमा अध्ययनकाे नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

 

वृश्चिक - Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने समाप्त हुनेछ। काम राेकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुहाेला।

 

धनु - Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काम प्रारम्भ गर्ने उपयुक्त समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुहाेला, मनग्य फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ।

 

मकर - Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। बोलीको समेत गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। विवाद नगर्नुहाेला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

 

कुम्भ - Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मौका आए पनि दोहोर्याएर काम गर्नुपर्ला। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। पेटको समस्याले सताउन सक्छ।

 

मीन - Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिवश आँटेको काम गर्न बाधा पर्ने देखिन्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ अवश्य दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

प्रतिकृया दिनुहोस

आज कार्तिक १ गते - राशिफल

  १-कार्तिक २०८१ | बिहीवार १७-अक्टोबर २०२४।    उपप्रा. लक्ष्मीप्रसाद बराल    मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ समयमा होस नपुग्नाले खर्च

आज असोज ३० गते - राशिफल

  ३०-असोज २०८१ | बुधवार १६-अक्टोबर २०२४।   उपप्रा. लक्ष्मीप्रसाद बराल   मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न

आज असोज २९ गते - राशिफल

  २९-असोज २०८१ | मंगलवार १५-अक्टोबर २०२४।    उपप्रा. लक्ष्मीप्रसाद बराल    मेष - Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत