बाढीले सेट बगाउँदा प्रदीप खड्का फिल्म ‘एक्लो’लाई आर्थिक नोक्सान

२०८१ असोज ९ बुधबार

बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । कार्यकारी निर्माता विनोद सुवेदीका अनुसार बाढीले सेटमा क्षति पुर्‍याउँदा आर्थिक नोक्सान पनि पुगेको छ ।

 

अहिले त्यहाँ ४० लाख रुपैयाँ मूल्य बराबरको सेट बनाएर फिल्म छायांकन भइरहेको जनाइएको छ । एक साता रोकिएको सुटिङ सेटको पुननिर्माणपछि पुनः सुरु भएको सुवेदीले जनाए ।

 

लोमान्थाङ गाउँपालिकामा छायांकनपछि अहिले कागबेनी क्षेत्रमा छायांकन भइरहेको हो । प्रदीप शाहीले निर्देशन गरिरहेको यो फिल्ममा प्रदीप खड्का, जेमी बेकन, वेनिशा हमाल, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, कविता नेपाली लगायतको अभिनय छ ।

 

यो साइन्स-फिक्सन फिल्ममा बेलायती अभिनेता बेकनले अन्तरिक्षयात्रीको भूमिका निर्वाह गरिरहेका छन् । खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।

 

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

 

मुस्ताङमा यो फिल्मको ६० प्रतिशत छायांकन सकिएको छ । जसमध्ये १० प्रतिशत छायांकन काठमाडौंमा गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५०