काउली उत्पादनले घरखर्च चलाउन सहज

२०८१ असोज १९ शनिबार

डाेटी

 

काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिक रूपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् ।

 

केआईसिंह  गाउँपालिका–४ का किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आउनुभएको छ । उहाँले काउली उत्पादनबाट गएको वर्ष दुई लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताउँदै यस वर्ष पनि झन्डै चार लाख रुपैयाँ बराबरको काउली बेच्न तयार भएको सुनाउनुभयो ।

 

गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका किसान धामी बताउनुहुन्छ । काउली उत्पादनले घरखर्च चलाउन विदेश जान नपरेको उहाँको भनाइ छ ।

 

केआईसिंह गाउँपालिका–४ का अर्का किसान डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाउनुभएको काउली बेच्न तयार भइसकेको छ । गएको वर्ष एक रोपनीमा लगाएको काउलीबाट झन्डै एक लाख रुपैयाँ आम्दानी गरेको भन्दै उहाँले यस वर्ष पनि झन्डै दुई लाख रुपैयाँ बराबरको काउली तयार भएको बताउनुभयो ।

 

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसानहरूले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेका केआईसिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले जानकारी दिनुभयो । पालिकाले किसानले उत्पादन गरेका तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उहाँले बताउनुभयो ।

 

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र केआईसिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती

लालझाडी : हात्तीको आक्रमणबाट मारिएका राना परिवारलाई सिएफसिसीद्वारा नगद राहत

नरेश राना / कञ्चनपुर - सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय