लालझाडी : हात्तीको आक्रमणबाट मारिएका राना परिवारलाई सिएफसिसीद्वारा नगद राहत

२०८१ असोज १८ शुक्रबार

नरेश राना / कञ्चनपुर -


सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको हो ।

 

गत साता हात्तीको आक्रमणबाट मारिएका लालझाडी गाँउपालिका ४ डाँगाजाईका ५० वर्षीय रामदत्त रानाको परिवारलाई नगद आर्थिक सहयोग दिईएको छ । १२ असोज मध्य रातमा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो । शुक्रबार सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीपीडित राना परिवारलाई नगद २५ हजार रुपैया सहयोग गरेका छन् । सिएफसिसीका अध्यक्ष जोशी हात्ती पीडित रानाको घरमै पुगेर मृतक परिवारलाई नगद आर्थिक सहयोग गरेका हुन् ।


सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले हात्तीबाट मारिएका राना परिवारलाई सिएफसिसीले खडा गरेको ‘मानव–बन्यजन्तु’राहत कोषबाट उक्त रकम दिएको बताए । मुलुकमा तीन सरकार भएपनि सामुदायिक वन समन्वय समितिले आफ्नो परिवारको ब्रजपातमा राहत दिएको भन्दै आभार प्रकट गरेका छन् । सामुदायिक वन समन्वय समितिले मानव बन्यजन्तुविच हुनेद्वन्द्व न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको छ । पछिल्ला वर्षहरुमा हात्तीको आक्रमणबाट कञ्चनपुरमा मानवीयदेखि भौतिक क्षति पु¥याउँदै आएको छ ।तर, न्यूनीकरणका लागि कुनैपनि सरकारले प्रभावकारी योजना ल्याउन सकेको छैन । 

 

प्रतिकृया दिनुहोस

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती

पुनर्वास : कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

पुनर्वास, कञ्चनपुर -   कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।   जिल्ला अदालत कैलालीको मिति २०७१ वैशाख २२ गतेको