नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

२०८१ असोज १८ शुक्रबार

चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।

 

यात्रुवाहक गाडीलाई प्राथमिकता दिनेगरी ठूला गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिनुभयो । यसमा औषधि र तरकारी बोकेकाबाहेक अन्य ठूला गाडी आउँदो कार्तिक १ गतेसम्म बन्द रहने उहाँको भनाइ छ ।

 

आयातित मालवाहक गाडीको हकमा भन्सार, प्रज्ञापनपत्र र निर्यातित मालवाहक गाडीको हकमा नियम राजस्व बुझाएको रसिद हेरेर भन्सार कार्यालय खुलेको अवस्थामा नरोक्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत

देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि वर्षा

देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर,

अब कुन – कुन सडक खुल्न बाँकी ?

बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक