अब कुन – कुन सडक खुल्न बाँकी ?

२०८१ असोज १७ बिहीबार

बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक नागढुङ्गा–नारायणगढ सडक दुईतर्फी नै खुलेको छ । तर पूर्वी क्षेत्र जोड्ने वीपी राजमार्ग र काठमाण्डौ–हेटौँडा जोड्ने सडक खुलेको छैन ।

 

प्रहरीका अनुसार वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी चल्न सकेका छैनन् । काभ्रेको रोशी खोलामा आएको बाढीले सडक कटान गरेपछि वीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

 

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न ठाउँ तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने गाडी चल्न सकेका छैनन् ।

 

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले सडक अवरुद्ध छ । यस्तै मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा गाडी चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिकृया दिनुहोस

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध  मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार

दाउन्ने सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।   गए राति

नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म