देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि वर्षा

२०८१ असोज १८ शुक्रबार

देशका पूर्वी र मध्य क्षेत्रमा आज पनि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथर, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा राति र बिहान पानी परेको छ । आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो अविरल र घनघोर वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

 

ठूलो पानी परेका ठाउँमा आकस्मिक बाढी र कमजोर जमिनमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका गरेका छन् ।

प्रतिकृया दिनुहोस

नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत

अब कुन – कुन सडक खुल्न बाँकी ?

बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै सडक खुलेका छन् । केही सडक भने अझै खुल्न बाँकी छ । काठमाण्डौ उपत्यकाकालाई देशका विभिन्न ठाउँसँग जोड्ने मुख्य सडक