कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

२०८१ असोज १८ शुक्रबार

कञ्चनपुर -


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ । 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए । ‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ 

 

गत १२ असोजमा हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४÷५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४डागाँ जाईका ५० वर्षीय रामदत्त रानाको मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएको सातामै हात्ती पनि मृत फेला परेको छ । रानामाथि आक्रमण गर्ने हात्ती कतै त्यही वा सोही समुहको हो की भनेर स्थानीयले अडकलबाजी गरिरहेका छन् । हात्तीले मानिसमाथि आक्रमण गरेर मानिस मात्रै नभई हात्तीले समेत मानिसका कृयाकलापले ज्यान गुमाएका छन् । 


१० बर्षको अवधिमा कञ्चनपुरमा चार हात्तीले ज्यान गुमाएका छन् । ९ भदौँ ०७४ सालमा पुनर्वास नगरपालिका १० बाईसेविचुवामा एक हात्तीले मानिसले राखेर विद्युतिय धरापमा परेर ज्यान गुमायो । त्यसपछि पुनर्वास २ अमरैया उखुबारीमा हात्ती मृत फेला परे । ३२ साउन ०८०मा सरकारी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती शुक्लाफाँटा नगरपालिका ७ कालापानी वातावरण सामुदायिक वनको सेफ्टी ट्याङकीमा परेर एक हात्तीले ज्यान गुमाएको थियो । १८ असोज शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाउ जंगलमा गर्भवती हात्तीले ज्यान गुमाएको छ ।

 

मानव बन्यजन्तुविचको द्वन्द्व र वनकै कार्यालयमा बन्यजन्तुमैत्री संरचना एव कमजोर संरचना निर्माणले हात्तीले ज्यान गुमाएको संरक्षणकर्मीले बताएका छन् । 

 

प्रतिकृया दिनुहोस

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

लालझाडी : हात्तीको आक्रमणबाट मारिएका राना परिवारलाई सिएफसिसीद्वारा नगद राहत

नरेश राना / कञ्चनपुर - सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीबाट मारिएका एक मृतक पीडित परिवारलाई नगद राहत दिएको छ । सामुदायिक वन समन्वय