दशैँका लागि अग्रिम टिकट बुकिङ राेके

२०८१ असोज १६ बुधबार

यातायात व्यवसायीहरूले दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ रोकेका छन् । गएको शुक्रवारदेखि भएको अत्यधिक वर्षाका कारण काठमाण्डौ उपत्यका जोडिने प्रमुख सडकहरू अवरुद्ध भएकाले अहिलेका लागि टिकट बुकिङ रोकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

 

यसअघि सरकार र व्यवसायीहरूको सहमतिमा असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो । तर पछिल्लो विपद्ले यसअघिको योजनाअनुसार काम गर्न नसक्ने भएकाेले अग्रिम बुकिङ गर्ने काम रोकिएको सिटौलाले बताउनुभयो ।

 

काठमाण्डौ उपत्यकासँग जोडिने मुख्य सडकमध्ये अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ, चन्द्रागिरि–चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड सञ्चालनमा रहे पनि जोखिम धेरै छ ।

 

बीपी राजमार्गमा मात्र अहिले झन्डै सात सय वटा गाडी अड्किएकोले ती गाडीलाई सहजै काठमाण्डौ ल्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई ठाउँबाट खोला डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा हुनेमा सुनिश्चितता नरहेको सडक विभागले जनाएको छ । टिकट काटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउने र सडककाे अवस्था हेरेर मात्रै थप निर्णय लिने व्यवसायीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध  मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार

दाउन्ने सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।   गए राति

नारायणघाटदेखि काठमाण्डौसम्म ठूला गाडी सञ्चालनमा रोक

चितवनको नारायणघाटदेखि काठमाण्डौसम्म ट्रेलरसहितका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म