तिमी पनि दलित, म पनि दलित

२०८१ असोज ४ शुक्रबार

डाक्टर पनि दलित, धामी पनि दलित
बाहुन पनि दलित, कामी पनि दलित
अन्पड दलित, मास्टर दलित
पुजारी दलित, पास्टर दलित
तिमी पनि दलित म पनि दलित

 

वेद भागवत् पुरान दलित
त्रिपटक बाइबल कुरान दलित
चोर दलित साधु दलित
विज्ञान दलित जादु दलित
मुना दलित मदन दलित
संसद दलित सदन दलित
जनता दलित नेता दलित
काला दलित सेता दलित
बच्चा दलित बुडो दलित
ठुटो दलित मुडो दलित
तिमी पनि दलित म पनि दलित ।

 

भोक दलित सोका दलित
मृत्यु दलित रोग दलित
पाप दलित, पुन्य दलित
एकाइमा सुन्य दलित
आफ्नो हकको लागि लड्ने दलित
लड्दा लड्दै मर्ने दलित
न घाम न पानि चौबिस घण्टा काम गर्ने दलित
अमेरिकामा दलित खाडीमा दलित
खालि खुट्टै दलित गाडीमा दलित
कुकुर दलित मान्छे दलित
ग्राहक दलित, भान्से दलित

 

आकाश धर्ती जुन तारा अनि घाम हो, दलित
मेहेनतको अनेक नाम हो, दलित
हतियार आभूषण रहर दलित
चाहाना इच्छा जहर हो दलित
तिमी पनि दलित, म पनि दलित

 

रावण दलित, राम दलित
बदनाम दलित, नाम दलित
धन दलित, मन दलित
छुरा दलित, गन दलित ।
ताली बजाउने दलित, भाषण गर्ने दलित
दास बन्ने दलित, शासन गर्ने दलित

 

बिचार दलित, मन्थन दलित
चोक चोकको गन्थन दलित
भगवान दलित भक्ति दलित
पावर पैसा शक्ति दलित
तिमी पनि दलित, म पनि दलित

 

विश्व ब्रमाण्ड संसार दलित
गल्ली चोक भन्सार दलित
शास्त्र दलित बाजा दलित
रैती दलित राजा दलित
आँखा दलित नानी दलित
जिब्रो अनि बाणी दलित
तिमी पनि दलित, म पनि दलित
रावण अनि राम दलित
नाम अनि काम दलित
आँशु दलित हाँसो दलित
स्वर्ग अनि पासो दलित
तिमी पनि दलित, म पनि दलित ।

 

ढुंगा दलित माटो दलित
गोरेटो अनि बाटो दलित
हिमाल दलित झरना दलित
जंगलको बाग अर्ना दलित
यो पढ्ने दलित, यो लेख्ने दलित
लाइक कमेन्ट गर्ने र देख्ने दलित
चम्किला मधुरा तारा दलित
जगत संसार सारा दलित
तिमी पनि दलित, म पनि दलित ।

प्रतिकृया दिनुहोस

बासी भातमा बाँचेको जिन्दगी!

ए बिर्खे! अझै उठेको छैनस्? कति बेर सुत्छस् हँ? आज गाईबस्तु चराउन लानुपर्दैन? खेताला छन्, तिनलाई खाजा कसले बनाउँछ? घाम धुरीमाथि आइसक्यो, अझै घुरिराख्या छ।

ट्राफिक प्रहरी श्रीमान्!

बिचरा मेरा ट्राफिक प्रहरी श्रीमान्। घरमा होस् वा अफिस, सधैँ इमानदार। ड्युटी जान तयारी अवस्थामा हुनुहुन्थ्यो, म पनि अफिसका लागि निस्कँदै थिएँ। भनेँ,

ऊ बाउ बन्दैछ रे!

उसको र मेरो घर एकै जिल्ला हो। हामी एकै कक्षा पढेका थियौँ। स्कुलको ट्यालेन्ट केटा ऊ। म भने न जान्नेमा पर्थेँ, न कमजोर विद्यार्थीमै।   सानै कक्षादेखि