हङकङमा ‘गाउँ आएको बाटो’को विशेष प्रदर्शनी गरिने
फिल्म ‘गाउँ आएको बाटो’को हङकङमा विशेष शो गरिने भएको छ। हङकङको केनेडी टाउनस्थित ‘गोल्डेन सिन सिनेमा’मा शुक्रबार (अक्टोबर २०) विशेष प्रदर्शन हुने भएको हो ।
निर्माता अमोद राईका अनुसार फिल्मको हङकङ प्रदर्शन अधिकार ‘गोल्डेन सिन सिनेमा’ले किनेको छ । यो कम्पनीले पहिलो पटक नेपाली सिनेमाको प्रदर्शन अधिकार किनेको हो ।
‘गोल्डेन सिन सिनेमा’ले आफ्नै हलमा फिल्म प्रदर्शन गर्न लागेको निर्माता राईले बताए । भन्छन्, ‘यो चलचित्र हङकङवासीका लागि विशेष छ। नेपालको फिल्म इतिहासमा धेरै हङकङका चिनियाँ फिल्ममेकरहरू यो चलचित्र संलग्न भएर काम गरेका छन्।’
यस फिल्ममा हङकङकी हाइडी लीको संगीत छ । त्यस्तै, चलचित्रमा सम्पादन ताइवानका क्वान पुन लुङले गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ ।
यसअघि यो फिल्म क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, चीनको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायतमा प्रदर्शन गरिएको थियो ।
नेपालबाट फिल्म ‘शाम्बाला’ ओस्कार अवार्डमा जाने
मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले
युट्युबमा आयो फिल्म ‘नाङ्गो गाउँ’
नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’ युट्युबमा सार्वजनिक भएको छ । बूढासुब्बा डिजिटलले तीजको अवसर पारी शुक्रबार यो चलचित्र युट्युबमा सार्वजिक
चलचित्र ‘वर एन्ड बधु’ आजदेखि प्रदर्शनमा
चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ । मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक
प्रतिकृया दिनुहोस