जनताको अवस्था बदल्न दृढताका साथ अघि बढौँ : प्रचण्ड

२०८१ असोज ३ बिहीबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको उल्लेख गरेका छन् ।

 

सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध राष्ट्र र जनतालाई एकताबद्ध गर्नु नै संविधान दिवस मनाउनुको उद्देश्य भएको उनको भनाइ छ ।

 

अध्यक्ष दाहालले संविधानप्रदत्त अधिकारलाई थप सुदृढ गर्नु सबैको जिम्मेवारी भएको उल्लेख सन्देशमा उल्लेख गरेका छन् ।

 

दाहालले संविधानको थप सुदृढीकरणका लागि आफ्नो पार्टीले निरन्तर अभियानात्मक कार्यक्रमअघि बढाउने तयारी गरिरहेको उल्लेख गर्दै अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यस अभियानमा सहभागी हुन आमजनसमुदायमा अपिल गरेका छन् ।

 

उनले दिवसले संविधान कार्यान्वयनमा बाँकी रहेका काम तदारुकता र दृढताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

 

अध्यक्ष दाहालले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणस्तरसम्म आइपुग्दा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायतमा प्राण उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण र सम्पूर्ण बेपत्ता योद्धा, घाइते तथा अपाङ्गतालगायतमा सम्मान प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस

रास्वपाले उपचुनावका लागि सात प्रदेशमा यी नेतालाई दियो जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि सात जना नेतालाई प्रदेशगत जिम्मेवारी दिएको छ ।   केन्द्रीय

सुदूरपश्चिममा उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसबाट साउँदलाई जिम्मेवारी

नेपाली कांग्रेसका नेता एनपी साउँदलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न सुदूरपश्चिमका लागि जिम्मेवारी दिइएको

सुदूरपश्चिमका पालिका तहका ६ रिक्त पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका ६ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका