बेलाैरी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

२०८१ असोज २ बुधबार

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर - 

 

कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ ।

 

राष्ट्रिय शिक्षा दिवस ०८१ को अवसरमा बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो । 

 

Open photo


बुधबार बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले नगरमा उत्कृष्ट नतिजा ल्याउने संस्थागत तथा सामुदायिक विद्यालय र विद्यार्थीलाई सम्मान गरिएकाे शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट जनाए । 

 

Open photo

Open photo


भट्टका अनुसार बेलाैरी नगरमा शैक्षिक सत्र ०८० आधारभूत कक्षा ८ र माध्यामिक तर्फ कक्षा १० मा उच्चतम विद्यार्थी उर्तिण गराउने विद्यालयहरु क्रमशः एजी ईङगिलस बोडिङ्ग स्कुल, उग्रतारा बाल विद्यालय, ब्राईट स्टार बोडिङ्ग स्कुल, वात्सल्य विद्या निकेतन, ब्राईट स्टार बोडिङ्ग स्कुल, जिवन रेखा विद्या मन्दिर, सिद्धबाबा एकेडेमी, ज्ञान साधना बाल विद्या मन्दिर र शैक्षिक सत्र ०८० को आधारभूत तह कक्षा ८ र माध्यामिक तह कक्षा १० मा अधिकतम विद्यार्थी उर्तिण गराउने विद्यालयहरु सिद्धकेदार आवि, महाकाली मावि, बागेश्वी आवि, गोरखनाथ मावि, महाकाली मावि र लक्ष्मी माविलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको छ ।, 

 

Open photo

Open photo


यस्तै, शैक्षिक सत्र ०८० मा उच्चतम जिपिए ल्याउने विद्यार्थीहरु कक्षा ८ तर्फ महाकाली माविका समिर चौधरी, सरस्वती माविका रमित ओड, शान्ति माविमा विनिस महरा, महाकाली माविका दिपिका चौधरी, जनजनमुना माविका पवित्रा चौधरी, शान्ति माविमा अप्तसार राना, जनज्योती माविका राधिका गोयला, उग्रताराबाल विद्यालयका रोर्बन विष्ट, सिद्धार्थ बोडिङ्ग स्कुलका मुकेश पाण्डेय, ब्राईट स्टारका अभिषेक कार्की, उग्रतारा बाल विद्यालयका कृतिका चन्द, ब्राईट स्टारका प्रतिभा चौधरी, कक्षा १० तर्फ वात्सत्य विद्यालयका रोहित जोशी, विज्डम एकेडेमीका रोहित पन्त, उग्रतारा बाल विद्यालयका प्रवेस कुँवर, ज्ञान साधनाका अगनुग्रम राना, विज्डमका एलिसा विष्ट, ब्राईटस्टारका कोपिल राना, वात्सल्यका यमुना जोशी, लक्ष्मी माविका भावना राना, शान्ति माविका बन्दना भट्ट, शान्ति माविका अस्मिता भण्डारी, भगवानपुरमा विकास विकास विष्ट, जनज्योती माविका भुपेश राज जोशी, महाकाली माविका आयुस विष्टलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

 

Open photo

Open photo


बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले बेलौरी नगरको शैक्षिक गुणस्तर सुधार्न सराेकारवाला सबैको महत्त्वपूर्ण भूमिका रहेको औंल्याए  ।

 

Open photo

Open photo

 

उनले नगरका केही सामुदायिक विद्यालयकाे शैक्षिक अवस्था निकै चिन्ताजनक रहेको बताउँदै गुणस्तर सुधारमा जाेड दिएका थिए । भने नगर प्रमुख चाैधरीले आगामी दिनमा विद्यालय र विद्यार्थीलाई थप उत्प्रेरणा जगाउने किसिमले सम्मान गरिने समेत बताए । 

 

Open photo

Open photo

 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि कर्मचारी सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ प्रतिनिधि, विद्यार्थी सुरक्षाकर्मी सञ्चारकर्मी लगायत सराेकारवालाहरुकाे सहभागीता रहेको थियो । 

 

Open photo

Open photo

Open photo

 

भने, कार्यक्रमकाे सञ्चालन बेलाैरी नगरपालिका कम्प्युटर अपरेटर अशोक पाण्डेयले गरेका थिए ।

 

Open photo

Open photo

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट