गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

२०८१ असोज ३ बिहीबार

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो । अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ ।

 

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको र कार्तिक देखि पूर्ण रुपमा सञ्चालनमा आउने, अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने  अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले बताए।


निर्देशक सापकोटाले भने, "अहिले हामीले विरामी भर्ना लिन थालेका छौं तर अहिलेसम्म भर्ना भएको छैन । हामीले ईन्डोर वार्डमा स्वास्थ्यकर्मीको ड्युटी खटाई सकेका छौ" । गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेका छन । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ ।


स्वीकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन् । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

बेलाैरी नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर -    कञ्चनपुरको बेलौरी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ