सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

२०८१ असोज २ बुधबार

बझाङ -

 

बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ । ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।

 

कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए ।  'तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍याइएको छ,' उनले भने, 'बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौँ तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।' 

 

ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस

धनगढीका ओझा पोर्चुगलमा बेपत्ता, खोजी गरिदिन आग्रह

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् ।   पोल्याण्ड हुँदै दुई वर्ष अघि पोर्चुगल पुगेका कैलालीस्थित

मन्त्र अस्पतालद्वारा गड्डाचौकीमा हेल्थडेस्क, एक हजार ६ सय ४७ लाभान्वित

कञ्चनपुर -   कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीमा घटस्थापनादेखि छठसम्म संचालन भएको एक निजी अस्पतालको हेल्थडेस्कमा हजारौँ नागरिकले सेवा लिएका

कैलालीमा बायोप्लान्ट उद्योग सञ्चालन

कैलाली –   प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन्